Site icon ParisNepal.com – Nepali News From France

फ्रान्सले नेपालमा अलपत्र आफ्ना नागरिक सहित ३०० जनालाइ बिमान चार्टर गरी फिर्ता ल्याउदै

लकडाउनका कारण नेपालका विभिन्न स्थानमा फसेका पर्यटकको उद्दार शुरु गरिएको छ । फ्रान्सले आज नेपालमा अलपत्र आफ्ना नागरिक फिर्ता ल्याउदै छ । यसका लागि देशका विभिन्न भागबाट फ्रान्सेली तथा अन्य युरोपियन पर्यटकहरुलाई काठमाडौं ल्याइएको थियो । पोखरा, लुक्ला तथा अन्य ट्रेकिङ रुटबाट जहाज चार्टर्ड गरि उनीहरुलाई काठमाडौं ल्याइएको थियो ।

नेपालस्थित फ्रेन्च दूतावासको पहलमा काठमाडौं जम्मा भएका उनीहरुलाई लिन फ्रान्स सरकारले विमान पठाएको थियो । नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेको भएपनि उद्दार र एयर एम्बुलेन्सलाई भने जतिसुकै बेला पनि अवतरणको अनुमति दिनुपर्छ । सोही अनुसार फ्रेन्च दूतावासले नागरिक उड्ययन प्राधिकरणसँग समन्वय गरी कतार एयरलाइन्सको बिमानमा आफ्ना नागरिक लैजान लागेको हो।

नेपालीका लागि फ्रान्सका राजदुत फ्रंस्वा जाभिए लेजेले ट्वीट गर्दै यसको जानकारी दिनुको साथै आपतमा परेका हरेक नागरिकको जानकारी लिने र दिने काम आफैले गरिरहेका छन्।

फ्रान्सले जस्तै अन्य देशहरुले पनि नागरिक लैजान पहल गरिरहेका छन् । नेपालमा १३ हजार ६ सयभन्दा बढी पर्यटक अलपत्र परेको बताइएको छ ।

 

Exit mobile version