Site icon ParisNepal.com – Nepali News From France

लण्डनमा कोरोना संक्रमणबाट अर्का एक नेपालीको मृत्यु

लण्डनमा अर्का एक नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

लामो समयदेखि लण्डनमा बसोबास गर्दै आएका ४० वर्षीय नेपाली प्रशान्त अर्यालको आइतबार राती निधन भएको थियो। शनिबार अस्वस्थ भएपछि उपचारका लागि एम्बुलेन्समा अस्पताल पुर्याइएका अर्यालको भोलिपल्ट नै निधन भएको हो। अर्याललाई यसअघि ब्लड प्रेसरबाहेक अन्य गम्भीर स्वास्थ्य समस्या नरहेको बताइएको छ।

कोरोना संक्रमणको आशंकाका कारण उनको परिवारलाइ समेत अस्पताल जान दिइएको थिएन। चितवन घर भएका मृतक अर्याल श्रीमती, एक छोरी र एक छोरासहित लण्डनमा बस्दै आएका थिए। मृतकको परिवारका अन्य सदस्यमा भने अहिलेसम्म कुनै स्वास्थ्य समस्या नदखिएको नजिकका साथीभाईले बताएका छन्।

लण्डनमा यसअघि एकजना भूपु गोर्खा लिलाबहादुर राईको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो भने अर्की एक महिला भगवती रानाभाटको उपचार पछि निको भएको थियो।

 

Exit mobile version