Site icon ParisNepal.com – Nepali News From France

डा बाबुराम भट्टराइ र भवन भट्टलाइ पेरिसमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

पेरिसनेपाल संबाददाता । फ्रान्स को पेरिसमा ३१ अगस्ट १०२८ का दिन पुर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पुर्ब मन्त्री हिशिला यामी , गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदका अध्यक्ष भबन भट्ट, एन आर एन युरोपियन क्षेत्रिय संयोजक एकराज गिरी, एन आर एन ए एन सी सी बेल्जिएमका अध्यक्ष लोक दाहाल, एनआर एन हनरि काउनसिल मेम्वर गोविन्द सुवेदि, केन्द्रिय सल्लाहकार रबिन्द्र मान श्रेष्ठ,  रेडियो नेपालका पत्रकार भवन आचार्य को स्वागत स्वरुप एक स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा एन आर एन फ्रान्सको तर्फबाट कार्यसमितिका पदाधिकारीहरु, अन्तरास्ट्रीय समन्वय परिषद् सदस्य, संस्थागत अध्यक्ष, भू पु उपाध्यक्ष, सल्लाहकारहरु उपस्थित थिए।

तेस्तै भोलिपल्ट, 1 अगस्ट 2018 का दिन डा. बाबुराम भट्टराई, हिशिला यामी, भबन भट्ट को प्रमुख अतिथित्यमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। सो कार्यक्रमको अध्यक्षता एन आर एन फ्रान्सका अध्यक्ष एकेन्द्र मल्लले गरेका थिए । कार्यक्रममा नेपाली राजदुतावासका नियोग लेखनाथ भट्टराई, एन आर एन फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्याल, एन आर एन युरोपियन क्षेत्रिय संयोजक एकराज गिरी, एन आर एन एन ए केन्द्रीय महिला संयोजक श्रीमती रजनी प्रधान, एन आर एन ए एन सी सी बेल्जिएमका अध्यक्ष लोक दाहाल, एन आर एन फ्रान्सबाट अन्तरास्ट्रीय समन्वय परिषद् सदस्य सुवर्ण बिक्रम हमाल, निवर्तमान अध्यक्ष भक्त बहादुर वाग्ले, पूर्ब अध्यक्ष घनश्याम पौडेल, गोरखाली समाजका अध्यक्ष सुरेन्द्र काप्रि, उपाध्यक्ष रामेश्वर श्रेस्ठका साथै बिभन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। एन आर एन फ्रान्स र गोरखाली समाज फ्रान्स ले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रमको  सन्चालन एन आर एन फ्रान्सका सचिब प्रबिन सापकोटा तथा गोरखाली समाज का महासचिव राजेन्द्र बाबु श्रेस्ठ ले गरेका थिए।

औपचारिक कार्यक्रममा समसामयिक बिषय बस्तुमा सहभागीहरुको प्रश्नमा डा भट्टराई र अध्यक्ष भट्टले आ-आफ्नो धारणा स्पस्ट परेका थिए। डा भट्टराई ले अहिलेको नेपालमा राजनैतिक अवस्था, त्यसप्रति उहाको दृष्टिकोण स्पस्ट परेका थिए। भने अध्यक्ष भट्टले एन आर एन ले नेपाल सरकार संग कसरि समन्वय गर्दै अगाडी बढ्न सक्छ र गैर आवासीय नेपालीहरुका मागहरु के के छन् कसरि पुरा गर्न सकिन्छ भन्ने बिषयमा बोलेका थिए। 

Exit mobile version