Site icon ParisNepal.com – Nepali News From France

बेलायतका राजकुमार चार्ल्सलाइ कोरोना भाइरस संक्रमण

संयुक्त अधिराज्य बेलायतका राजकुमार चार्ल्समा कोभिड–१९ को संक्रमण देखिएको बिबिसीले जनाएको छ । ७१ वर्षीय उनमा कोभिड–१९ पोजेटिभ देखिएको तर उनको अवस्था राम्रो रहेको उनका प्रवत्ताले जनाएका छन्।

अहिले उनको उपचार भइरहेको जानकारी क्लारेन्स हाउसले विज्ञप्ति निकालेर दिएको छ। त्यसैगरी उनकी पत्‍नी क्यामिलालाई पनि कोरोना परीक्षण गरिएको थियो । तर, उनलाई भने कोरोना नेगेटिभ देखिएको छ।

राजकुमारले पछिल्लो साता आफ्नो सार्वजनिक काममा धेरै मानिससँग भेट गरेका थिए । बकिंघम प्यालेसका कर्मचारीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको केहि दिनपछि राजकुमारको टेस्ट पोजेटिभ आएको हो।

बेलायतमा अहिलेसम्म कोरोनाबाट ४२२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म ८ हजार ७७ जना संक्रमित भएका छन्।

Exit mobile version