Site icon ParisNepal.com – Nepali News From France

सिड्नीमा नेपालीहरु बीच ‘ग्याङफाइट’, एकको मृत्यु

अस्ट्रेलिया, सिड्नीमा केहि नेपाली युवाबीच ग्याङफाइट हुँदा घाइते भएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। ललितपुरका एक युवकको अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको उनका नातेदारले पुस्टि गरेका छन् ।

२१ मार्च विहान ३ बजे सिड्नी स्थित एक पब भित्र रक्सि खाइरहेको बेला झगडा सुरु भएपछि दुइ टोलि बीच हानाहान हुँदा ती युवकको टाउकोमा गम्भीर चोट लाग्न पुगेको थियो। उनको चोट गम्भीर देखिएपछी उनलाई Saint George Hospital पुर्याइएको थियो। उनिसंगै रहेका अर्का एक व्यक्ति अस्पतालामा उपचाररत छन्।

प्रहरीले घटनामा संग्लन ४ व्यक्तिलाइ नियत्रणमा लिएको छ।

Australian police arrests four Nepalis in Australia. (Photo for Representation)
Exit mobile version