Site icon ParisNepal.com – Nepali News From France

२४ घण्टामा इटालीमा ४७५ जना, स्पेनमा १०० जना र फ्रान्समा ८९ जनाको मृत्यु हजारौं संक्रमित

इटालीमा गत २४ घण्टामा ४७५ जनाको मृत्यु भएको छ। यो तथ्यांक अहिले सम्मकै उच्च हो। १० मार्च देखि पुरै देश क्वारेन्टाइनमा छ तै पनि भाइरस फैलिने क्रम बढीनै रहेको छ।

इटालीमा अहिले सम्म ३५ हजार ७ सय भन्दा बढी संक्रमित छन् भने कुल करिब ३००० को मृत्यु भएको छ । देशका सम्पूर्ण अस्पतालहरु भरिएका छन् र सरकारले कोटा प्रणाली (उमेर र बाच्न सक्ने सम्भावनाको आधारमा) उपचार गर्ने सम्मको कठोर निर्णय लिन थालेको संचार माध्यमहरुले बताइरहेका छन।

इटाली पछि दोस्रो बढी प्रभावित युरोपियन देश स्पेनमा गत २४ घण्टामा १०० भन्दा बढीको मृत्यु भएको छ भने कुल संक्रतिमको संख्या करिब १४ हजार पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्पेनको राजधानी म्याड्रिडमा मात्रै ३९० जनाको मृत्यु भएको छ भने ५ हजार ४ सय ६० जना भन्दा बढी भाइरसको कारण बिरामी परेका छन्। स्पेन ५ दिन देखिनै क्वारेन्टाइनमा रहेको छ।

त्यस्तै युरोपको तेस्रो बढी प्रभावित देश फ्रान्समा गत २४ घण्टामा ८९ जनाको मृत्यु भएको छ, यसका साथै हालसम्म मृत्यु हुने को संख्या २६४ पुगेको छ भने कुल संक्रतिमको संख्या नौ हजार १ सय ६० पुगेको छ। आज प्राप्त विवरण अनुसार मृत्यु हुनेको संख्या हिजोको भन्दा तेब्बर हो। फ्रान्समा १६ मार्च देखिनै बिनाकारण हिडडुल गर्न प्रतिबन्ध लगाइएको छ।

फ्रान्समा कोरोनाको कारण मृत्यु हुनेहरुको संख्या

कोरोना भाइरसको कारण मृत्यु हुने दर, मृत्युदर भने देश अनुसार फरक फरक रहेको छ : जर्मनीमा मृत्युदर ०.२ प्रतिशत रहेको छ, यो दर फ्रान्समा २.२ र इटालीमा ७.७ प्रतिशत रहेको छ। फ्रान्समा मृत्यु हुने मध्य ७ प्रतिशत मात्रै ६५ बर्ष भन्दा कम उमेरका मानिस हरु छन्।

Exit mobile version