Site icon ParisNepal.com – Nepali News From France

फ्रान्समा सकिन लागेको र छोटो समयको भिसा स्वत: नवीकरण हुने

कोरोना भाइरसको कारण यहि १७ मार्च देखि फ्रान्स सरकारले देशवासीहरुलाइ घर बाहिर निस्किन बन्देज लागाएको छ। यो कठिन परिस्थिति संगै यहाँ छोटो समयको भिसा भएकाहरु आफ्नो भिसा थप्न र फर्किनु पर्ने विदेशीहरु आफ्नो देशमा फर्किन नपाउने स्थति बनेको छ।

आजै सम्पन्न फ्रान्सेली मन्त्रिपरिषदको बैठकले सकिन लागेको र छोटो समयको भिसा स्वत: नवीकरण गर्ने र अवस्था हेरेर विदेशीहरुको ६ महिनासम्म भिसा थप गर्ने निर्णय गरेको छ। विशेष अध्यादेश मार्फत पास गरिने उक्त निर्णयले फ्रान्समा भिजिट भिसामा रहेका, भिसा सकिन लागेका, स्थाई वसोवास अनुमति पत्रको प्रतिक्षामा रहेका सम्पूर्णलाइ केहि राहत पुग्ने बताइएको छ।

आप्रवासन र इन्टिग्रेसन को लागी फ्रान्सेली कार्यालय OFII बिशेष काम बाहेक सर्वसाधारणको लागि बन्द गरिएको छ।

प्रसाशन कार्यालय Préfecture de police ले यहि मंगलवारनै एक बिज्ञप्ति जारि गरि विदेशीहरुको भिसा ३ महिना को लागि स्वतः थप गरिएको जानकारी दिएको थियो।

 

Exit mobile version