Site icon ParisNepal.com – Nepali News From France

देश युद्वमा छ भन्दै फ्रान्सका रास्ट्रपतिले दिए ७ करोड जनतालाइ क्वारेन्टाइनमा बस्ने आदेश

फ्रान्सका रास्ट्रपति एमानुएल माक्रोंले यहि १६ मार्च सोमवारका दिन रास्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको फैलावट रोक्न कडा नियम लागु गरेका छन्। सम्बोधनमा रास्ट्रपतिले ६ पटक “हामि युद्वमा छौं” (कोरोना विरुद्वको युद्व) भनेका थिए र उनले लिएका निर्णयहरु युद्वको बेलामा लिने निर्णयहरु संग तुलना गरिएको छ।

फ्रान्समा गत २४ घण्टामा १२०० संक्रमित थपिएका छन भने थप २१ जनाको मृत्यु भएको छ। यो संगै सोमवार बेलुका सम्म फ्रान्समा ६६३३ जना संक्रमित भएका छन् भने १४८ जनाको मृत्यु भएको छ। संक्रमितको संख्या नियन्त्रण बाहिर पुगिसकेको छ र यो क्रम रोकिने लक्षण अझै देखिएको छैन।

रास्ट्रपतिले १२ मार्च बाटै फ्रान्सका सम्पूर्ण बिधालय, शिशु स्याहार केन्द्र लगायत दैनिक अत्यावस्यक पसलहरु बाहेक सबै बन्द गर्न निर्देशन दिएका थिए। र आज सोमवारको सम्बोधनमा रास्ट्रपतिले १५ दिनको लागि हिडडुल गर्न समेत निषेध गर्न निर्देशन दिदैं निम्न लिखित महत्वपूर्ण निर्णयहरु गरेका छन्  :

माक्रोंले सम्बोधनको अन्त्यमा “हामीले अवस्य जित्ने छौं, र यसबाट भविस्यको लागी धेरै कुरा सिक्ने छौं, म सम्पूर्ण देशवासीहरु प्रति पूर्ण विश्वास गर्दछु यो एकदमै जटिल अवस्थामा सबैले राज्यलाइ साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु। एकदिन हामी संगै बसेर सबैले यसको निचोड निकालौंला, जय देश जय गणतन्त्र” भन्दै अन्त्य गरेका थिए ।

 

पुरा भिडियो:

Exit mobile version