Site icon ParisNepal.com – Nepali News From France

बेल्जियममा औषधि र खाद्यान्न बाहेक सबै पसल बन्द, सार्वजनिक यातायात प्रयोग नगर्न आग्रह

बेल्जियम सरकारले यहि १२ मार्चका दिन कोरोना भाइरस फैलिने क्रमलाइ कम गर्न कठोर निर्णयहरु लिएको छ। देशै भरी सम्पूर्ण बिधालयहरु बन्द गरिएका छन्। शिशु स्याहार केन्द्र भने खुल्ला रहने बताइएको छ ।

कम्तिमा ३ अप्रिल सम्मको लागि सम्पूर्ण रेस्टुरेन्ट बार हरु बन्द गरिने भएको छ। औषधि र खानेकुरा पसल बाहेक सपूर्ण सुपर मार्केटहरु बन्द हुने छन्। सार्वजनिक यातायातका साधन प्रयोग नगर्न आग्रह गरिएको छ। ठुला कम्पनिहरुका कामदारलाइ घरमै बसेर काम गर्न प्रोत्साहन गरिने भएको छ।

सरकारले लिएका निर्णयहरु सुनाउदै प्रधानमन्त्रि सोफी विल्मेसले “देशलाइ पुरै लक डाउन गर्न खोजिएको होइन तर इटालीको जस्तो अवस्था नहोस भनेर सावधानी अपनाइएको हो” भनेकी थिइन।

बेल्जियममा अहिलेसम्म करिव ४०० जनामा भाइरस देखिएको छ भने कम्तिमा ३ जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा तिनै जना ७० बर्ष माथिका बृद्वा रहेको जनाइएको छ।  बेल्जियममा करिब ६ देखि ८ हजार सम्म नेपालीहरु बसोबास गर्ने अनुमान गरिन्छ ।

Exit mobile version