Site icon ParisNepal.com – Nepali News From France

फ्रान्समा कोरोना भाइरस संक्रमितको संख्या हजार नाग्यो, कम्तिमा १९ जनाको मृत्यु

चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको पछिल्लो तथ्यांक अनुसार विश्वभर १ लाख ५ हजार भन्दा बढी मानिसमा संक्रमण, ३५ सय भन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । विश्‍वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) ले युरोप पनि आक्रान्त बनेको छ। यो समाचार तयार पार्दासम्म इटालीमा २३० जना भन्दा बढीको मृत्यु भइसकेको छ भने लगभग ६ हजार भन्दा बढीमा संक्रमण देखिएको छ । आइतवार सरकारले एक करोड ५० लाख जनालाई क्वारेन्टाइनमा बस्न इटाली आदेश दिएको छ। जापान पछि इटालीमा ६०+ उमेरका मानिसको बसोबास सर्वाधिक बढी छ, र नयाँ कोरोनाभाइरसबाट यो उमेरसमूहहरूका ब्यक्तिहरु बढी प्रभावित हुने गरेको पाइएको छ।

फ्रान्समा पनि गत १ सातामा ९० गुणाले संक्रमितहरुको संख्या बढेको छ। आइतवार सम्मको तथ्यांक अनुसार संक्रमितको संख्या ११२६ पुगेको छ भने १९ जनाको मृत्यु भएको छ।

फ्रान्सले उत्तर र पश्चिमका २ ओटा क्षेत्र Haut Rhin र Oise लाइ अति जोखिम क्षेत्रमा राख्दै बिद्यालय, डे केयर सेन्टर, सिनेमा, म्युजियम, थिएटर आदि बन्द गरेको छ। फ्रान्सको उच्च जनसंख्या भएको र धेरै नेपालीहरुको बसोबास भएको “इल द फ्रान्स” मा हाल सम्म १२० भन्दा बढीमा उक्त भाइरस भेटिएको छ।

फ्रान्स छिट्टै नै महामारीको तेस्रो चरणमा प्रवेश गर्ने बताइएको छ, यो चरणमा फ्रान्स भरिनै बिधालय, डे केयर, कल कारखाना, मान्छे हरुको ठुलो जमघट हुने ब्यापारिक स्थान हरु बन्द गर्न सकिनेछ।

८ मार्च सम्म फ्रान्समा संक्रमण यसरि फैलिएको छ : श्रोत ल फिगारो (सरकारी तथ्यांकमा आधारित)

 

Exit mobile version