Site icon ParisNepal.com – Nepali News From France

सञ्चारमन्त्रीले कमिसन मागेको अडियो सार्वजनिक पछि ओली-प्रचण्ड छलफलमा

झण्डै एक सातापछि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता जारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटमा दुई अध्यक्षबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडिओ प्रकरणबारे छलफल हुने अनुमान गरिएको छ। त्यसबाहेक पार्टीको प्रशिक्षण अभियान लगायतका अन्य विषयमा छलफल भइरहेको स्रोतले बतायो।

मध्यरातमा मन्त्री बाँस्कोटाले एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएको थियो। त्यस्तै उनले अडियोमा कर्मचारीहरुलाइ (मु..) अपशब्द प्रयोग गर्दै बोलेका थिए।

प्रतिपक्ष लगायतले बास्कोटाको राजिनामा मागीरहेका छन्। बास्कोटाले भने “खाएको बिषपो लाग्छ नखाएको लाग्दैन एक दुइ दिन मजा लिनुस” भन्दै आफनो बचाउ गरिरहेका छन्। उनले घुमाउरो पाराले अडियोमा बोल्ने आफु भएको स्वीकार गरेका छन्।

Exit mobile version