Site icon ParisNepal.com – Nepali News From France

जर्मनीमा राति दुई स्थानमा गाेलीकाण्ड, कम्तिमा ८ जनाको मृत्यु

जर्मनीमा बुधबार राति अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।

शिशा बारहरुमा भएको आक्रमणमा मारिनेहरु प्राय विदशीहरु भएको संचारमाध्यमहरुले जनाएका छन। आक्रमणकारीहरु चरमदक्षिण पन्थी वा नाजी समर्थकहरु भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीले आक्रमणकारीहरुको खोजि कार्य तीव्र बनाएपनि अहिले सम्म उनीहरु फरार नै छन्। स्थानीय समयअनुसार घटना बुधबार राति १० बजे भएको स्थानीय प्रहरीलाई उधृत गर्दै बीबीसीले जनाएको छ।

अधिकारीहरूका अनुसार आक्रमणको कारण खुल्न सकेको छैन।आक्रमण आतंककारी प्रकारको हुन सक्ने बताइएको छ।

Exit mobile version