Site icon ParisNepal.com – Nepali News From France

महरा छुटेपछि बाबुरामले भने : मियाँ बीबी राजी तो क्या करेगा काजी

पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ट्विट गर्दै कृष्णबहादुर महराको मुद्दा कानुनी नभएर नैतिक भएको बताएका छन्।

आफ्ना पूर्व सहकर्मी महराप्रति कटाक्ष हुँदै ‘महराको मुद्दा कानूनी नभएर नैतिक हो भन्ने मेरो अनुमान अनुरूप नै फैसला आएछ! शायद सत्य त्यही हो! मियाँ बीबी राजी तो क्या करेगा काजी जो भनिन्छ!’

उनले अगाडि लेखेका छन्, ‘तैपनि सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनैपर्छ! जे हुनु भैगयो! अब बृहद सामाजिक राष्ट्रिय मुद्दामा केन्द्रित होऔं!’

बाबुराम भट्टराईले केहि समय अगाडी डिल्ली बजार कारागारमा गएर निवर्तमान सभामुख कृष्णबहादुर महरालाई भेटेका थिए ।

जब महरा काण्ड सुरु भयो त्यतिबेला भट्टराईले ‘मि–टु’ अभियानका आरोपीहरु कोही पनि दण्डित नभएको प्रसंग उल्लेख गर्दै महरा प्रकरण पनि त्यस्तै फासफुस हुने हो कि भन्ने शंका व्यक्त गरेका थिए।

Exit mobile version