Site icon ParisNepal.com – Nepali News From France

पूर्वसभामुख महराले पाए सफाइ, सांसदको पद कायमै

डिल्लीबजार कारागारमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा आजै छुट्ने भएका छन् । जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएपछि महरा आजै छुट्ने भएका हुन् ।

प्रतिनिधिसभाका तत्कालीन सभामुख महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोग लागेको थियो । उनले घटनालाइ महराले अस्विकार गरे पनि पीडित महिलाको कल डिटेल रेकर्ड, सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकालेको थियो  । त्यसपछि बसेको नेकपाको आदेश अनुसार उनले सभामुख पदबाट राजीनामा दिए तर सांसद पदबाट भने राजीनामा दिएनन्। घटना पछि महरा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरिएका थिए  ।

जिल्ला अदालत बाट सफाइ पाएपछि उनकाे सांसद पदको सेवासुविधा पनि फुकुवा हुने भएको छ । करिब ८ महिनाअघिसम्म सभामुखको भूमिकामा प्रतिनिधिसभामा प्रवेश गर्ने महरा अब सांसदका रूपमा संसदमा पुनः प्रवेश गर्न सक्नेछन । नेपाली राजनीतिमा यति ठुलो नेतालाइ बलात्कारको मुद्वा लागेको यो पहिलो पटक थियो। अब महराको राजनैतिक यात्रा कस्तो हुनेछ, उनले आफ्नो खस्किएको लोकप्रियता फर्काउन कस्ता तर्क गर्नेछन् र रोशनी काण्डको घटनालाइ कसरि ब्याख्या गर्ने छन् भन्ने उत्सुकता बढेको छ।

Exit mobile version