Site icon ParisNepal.com – Nepali News From France

राजनैतिक दलको भातृसंगठनमा आबद्वलाइ एनआरएन कार्यसमितिबाट पदमुक्त गरिने- दुइ हप्ते अल्टिमेटम

गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदका महासचिव डा हेमराज शर्माले एक सूचना जारि गर्दै राजनैतिक दलको भातृसंगठनमा आबद्व रहेका एनआरएनएका कार्यसमिति सदस्यहरुले यहि २५ फेब्रुअरी भित्र राजिनामा दिएको विवरण पेश नगरे पदमुक्त गरिने प्रस्ट पारेका छन्।

संघको निर्वाचन सम्वन्धी नियमावलीको दफा ७.६ वमोजिम राजनैतिक दलमा अबद्वहरु सँस्थाको कार्यसमितिमा बस्न नपाउने नियम रहेको छ। केहि देशहरुमा यो लागु गरिएपनि प्राय देशहरुमा लापरवाही गर्दै विधान बिपरित केहि व्यक्तिहरुले राजनैतिक संगठन र एनआरएन दुइ तिर दुइ खुट्टा राख्ने गरेका छन ।

विगतमा एनआरएन विधान समितिको संयोजक समेत रहेका महासचिव शर्माले कडाइका साथ यो नियम लागु गर्न लागि परेका छन्।नयाँ कार्यसमितिले यस अगाडी संघलाई आर्थिक पारदर्शी र उत्तरदायी बनाउन त्रैमासिक आर्थिक प्रतिवेदन सार्वजनिक गरेको थियो।राजनीतिमा लागेका व्यक्तिहरुको खिचातानीको कारण संस्थामा बौद्विक क्षेत्रको उपस्तिथी र सँस्थाको गरिमा घटदै गैरहेको अवस्थामा संस्था भित्र सुरु गरिएको “सरसफाई कार्यक्रम”ले केहि राहत दिने आशा गरिएको छ।

महासचिवद्वारा जारि गरिएको सूचना :

Exit mobile version