Site icon ParisNepal.com – Nepali News From France

इनास फ्रान्स अडिसनका बिजेता – चारै जना महिला

अन्तरास्ट्रिय कलाकार समाज फ्रान्स (इनास फ्रान्स ) ले गत बर्ष जस्तै  पेरिसमा नृत्य तथा गायन प्रतियोगीता सम्पन्न गरेको छ। गत  फेब्रुअरी ९ मा आयोजना भएको उक्त कार्यक्रमको उदेश्य, जर्मनीको म्युनिकमा हुन गहिरहेको युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगीतामा फ्रान्सबाट सहभागी हुने प्रतियोगीहरुको छनौट गर्नु रहेको थियो। आगामी ३ र ४ अप्रिलमा म्युनिकमा अन्तरास्ट्रिय कलाकार समाजले युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगीताको आयोजना गर्दै छ र  जसमा युरोपका थुप्रै देशमा बस्ने नेपाली मूलका प्रस्तिस्प्रधीहरुले भाग लिने छन् ।

यसपाली फ्रान्सको प्रतिनिधित्व गर्दै गायनमा आकृति मोक्तान र केंजल अधिकारी अनि नृत्यमा दिलिसा भट्ट र मुना धिमिरेले आ आफ्ना प्रस्तुति दिनेछन । चारै जना महिला प्रतियोगीहरु छनौट हुनु, एउटा बिशेष सन्जोग भएको र विदेशमा नेपाली महिलाहरुको कला र संगीत प्रतिको गहन प्रेमकोको प्रमाण भएको उक्त कार्यक्रमका संयोजक सुमन राइको ठहर छ ।

फ्रान्समा बसोबास गर्ने नेपाली मूलका १३ बर्ष भन्दा माथिका जो कोहिले पनि उक्त छनौट कार्यक्रममा भाग लिन सक्ने ब्यबस्था गरिएको थियो । प्रतियोगी आफैले छनौट गरेको एउटा लोक र एउटा आधुनिक गीतमा एकल प्रस्तुति दिएका थिए । कलाकार छनौटको कार्यक्रमले मनोरन्जनात्मक रुप लिदै दर्शक हरुलाई नचाउन पनि सफल भएको थियो ।


कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतावास पेरिसमा नियोग उपप्रमुख खड्ग प्रसाद दाहाल हुनुहुन्थ्यो त्यस्तै बिशेष अतिथिहरुमा बेल्जियम बाट आउनु भएका इनास ग्लोबल उपाध्यक्ष अर्जुन काफ्ले, ड्रिम्स नेपालकी संस्थापक तथा एनआरएन युरोप महिला संयोजक योगिता थापा, एनआरएनए फ्रान्स लगायत फ्रान्सका बिभिन्न संघसस्थाका पदाधिकारी / प्रतिनिधिहरुको उपस्तिथी रहेको थियो। कार्यक्रममा बोल्दै राजदुतावासका नियोग उपप्रमुख दाहाल इनास युरोप स्तरीय प्रतिभाशाली बिजेतालाइ नेपालमा पनि कुनै प्ल्याटफर्म दिन सकिनेमा आशावादी भएको बताउनु भयो।

यसबर्षको प्रतियोगीता गायन तर्फ ६ जना र न्रित्य तर्फ ९ जनाले भाग लिएका थिए। गायन तर्फ बिमला बिसी, आकृति मोक्तान, सम्राट वाग्ले, बिवेक महर्जन, क्रिस्टिना अधिकारी र केन्जल अधिकारीले भाग लिएका थिए।
नृत्य तर्फ दिलिषा भट्ट, अनु थापा, अस्मि थापा, रोशिना अधिकारि, मुना धिमिरे, मनिषा दाहाल, स्नेहा खनाल, सृजना लामा र अस्मिता बाज्यु लामाको भब्य प्रस्तुति रहेको थियो।

Exit mobile version