Site icon ParisNepal.com – Nepali News From France

फ्रान्सको FFAST फेस्टिभलमा नेपाली फिल्म ‘बुलबुल’ले ‘पब्लिक च्वाइस अवार्ड’ जित्न सफल

फ्रान्समा केहि समय देखि चलिरहेको सातौँ FFAST दक्षिण एसियाली फिल्म फेस्टिभलमा नेपाली चलचित्र बुलबुलले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएको छ। पेरिसमा अवस्थित ग्रान्ड रेक्स (फ्रान्सको प्रख्यात) सिनेमा हलमा आयोजित कार्यक्रममा नेपाली भारतीय बंगाली श्रीलंकन पाकिस्तानी आदि फिल्म प्रदर्शन गरिएको थियो।

जनवरी २८ बाट सुरु भएको फेस्टिभल २ फेब्रुअरीका दिन अवार्ड बिशेष कार्यक्रम गर्दै सम्पन्न भएको थियो। निर्देशक विनोद पौडेल र अभिनेत्री स्वस्तिमा खड्का कार्यक्रममा सहभागी हुन फ्रान्स आएका थिए। फिल्ममा विदेश गएका पतिको पर्खाइमा बसेकी एक नारीको जीवनमा आएको उतारचढावलाई अभिनेत्री स्वस्तिमा खड्काको अभिनय द्वारा रिक्सा चालकको भूमिकामा देखाइएको छ । अवार्ड जितेपछि निर्देशक पौडेलले पुरुष फिल्ममेकरले महिलाको मनोविज्ञान कति मज्जाले उतारेको भनेर दर्शकले तारिफ गरेको र नायिका स्वस्तिमा खड्काको अभिनयलाई खुबै रुचाएका बताए । तीन विधामा बाँडिएको अवार्डमा २ विधामा भने भारतीय चलचित्रकर्मीले अवार्ड प्राप्त गरेका थिए ।

बुलबुलले यसअघि नेपालकै दुई राष्ट्रिय अवार्ड “अभिनेत्री” र “निर्देशन” विधामा पुरस्कार जितेको थियो त्यस्तै नायिका स्वस्तिमा खड्काले सार्कमा जुरी अवार्ड हात पारेकी थिइन् । चलचित्र बुलबुल ओस्कारको “अन्तर्राष्ट्रिय फिचर फिल्म” विधाको छनोटमा परेको थियो।  मुकुन भुसाल, जोयस पाण्डे, लक्ष्मी बर्देवा लगायतका कलाकारको समेत शीर्ष भूमिका रहेको यो फिल्म समीक्षात्मक हिसाबले उत्तिकै रुचाइएको थियो ।

Exit mobile version