Site icon ParisNepal.com – Nepali News From France

पृथ्वीनारायण शाह काठमाडौं हिँडेको बाटोमा सेनाको पदयात्रा, एकीकरण पदमार्ग

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको गोरखादेखि काठमाडौंसम्मको पैदल बाटोमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ ।  सेनाले शुक्रबारबाट शुरु गरेको पदयात्रा आगामी २७ गते काठमाडौंमा आएर टुंगिने छ।

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गर्ने योजनाअनुसार पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ । यात्रामा सहभागी टोलि यात्रामा लिएको टर्च र झन्डा सहित पृथ्वी जयन्तीको दिन पुस २७ गते सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुनेछन ।

पदमार्ग, कोट, गण र किल्लाहरु सम्वद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्ने, पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने, नयाँ पुस्ताले बिर्संदै गएको इतिहासलाई यो कार्यक्रमले ताजा बनाइदिने, शाहकालीन पोशाक प्रदर्शन गरिने आदि उद्देश्य बोकेर नेपाली सेनाले यो कार्यक्रमको सुरुवात गरेको रणसिंह दल गणका गणपति उज्ज्वल केसीले जानकारी दिए ।

Exit mobile version