Site icon ParisNepal.com – Nepali News From France

उपचारको लागि बाबा रामदेवको आश्रममा प्रचण्ड पत्नी

लामो समयदेखि प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी (पी. एस. पी) रोगबाट ग्रसित नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ पत्नि सीता दाहालको उपचार बाबा रामदेव र आचार्य बालकृष्णले गरिरहेको सार्वजनिक भएको छ ।

शुक्रवार दिउँसो प्रचण्ड पुत्री गंगा दाहालले आफ्नो फेसबुकमा फोटो पोस्ट गर्दै उपचारको लागि गएको जानकारी दिएकी हुन्। गंगाले पोष्ट गरेको फोटोमा अध्यक्ष दाहाल पत्नी सीता बाबा रामदेवसँगै देखिएकी छिन्। त्यस्तै फोटोमा पूर्वमन्त्री एवम् नेकपा नेता मात्रिका यादवसमेत देखिएका छन्।

सीता विभिन्न समयमा उपचारको लागि विदेश पुग्ने गरेकी छिन्। २०७५ चैतमा पनि उनी उपचार अमेरिकाको जोन हकिङ्स् अस्पतालमा पुगेकी थिइन। २०७५ असोज मा प्रचण्डले सीतालाई सिंगापुर लगेका थिए र गत कात्तिक २६ मा सीतालाई म्याग्दीको तातोपानीमा नुहाउन लगेका थिए। तर लामो समयदेखि उपचार गराए पनि पार्किन्सनले थलिएकी दाहाल पत्नी सीता भने स्वास्थ्य हुन सकेकी छैनन्।

Exit mobile version