Site icon ParisNepal.com – Nepali News From France

युनेस्कोको महासभामा भाग लिन शिक्षामन्त्री गिरिराजमणि पोखरेल फ्रान्समा

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल युनेस्कोको ४० औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै फ्रान्सको राजधानी पेरिस आउदै छन्  ।

युनेस्को नेपालको अध्यक्षसमेत रहेका मन्त्री पोखरेलले यही कात्तिक ३० गते दिगो विकासमा शिक्षाको मार्गदर्शन र नेपालको पछिल्लो अवस्थाका बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले युनेस्कोको महासभाका विभिन्न बैठकमा समेत नेपालको धारणा राख्ने कार्यक्रम रहेको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।

युनेस्कोको महासभाबाट फर्किपछि मन्त्री पोखरेल कतारमा आयोजना हुने २२ देशका शिक्षा मन्त्रीहरुको बैठकमा सहभागी हुनेछन् । मन्त्री पोखरेल आगामी मङ्सिर ५ गते स्वदेश फर्किनेछन् ।

 

Exit mobile version