Site icon ParisNepal.com – Nepali News From France

अमेरिकी टोलीसँग सांसदको गुनासो : “ट्याक्सी चढ्ने पैसा हुन्न”, “मैले त अमेरिका पनि देखेकी छैन”

अमेरिकी एनजीओका प्रतिनिधिसँग नेपालका सांसदहरुले आफूहरु खर्च गर्न सक्ने अवस्थामा नरहेको भन्दै गुनासो गरेका छन्।  मंगलबार ललितपुरमा नेपाल र अमेरिकाको संसदीय अभ्यासबारे अमेरिकी गैरसरकारी संस्था एचडीपीले गरेको अनुभव आदानप्रदानका क्रममा सांसदहरुले यस्तो दुखेसो पोखेका हुन् । सांसदहरुको भनाइ थियो–हामी गरीव छौँ, हामीसँग आफ्नै जिल्ला र निर्वाचन क्षेत्रमा जान समेत पैसा हुँदैन । हामीलाई त्यसका लागि सरकारले पैसा पनि दिँदैन । यस्तो अवस्थामा हामीले जनताका काम कसरी काम गर्ने ?’

समानुपातिक सांसद बनेकी स्वर्गीय नेता जीवराज आश्रितकी पत्नी एवं सांसद् माया ज्ञवालीले आफूलाई अमेरिकामा तालिमको व्यवस्था गरिदिए आभारी हुने बताइछन् । सांसद माया ज्ञवालीले नेपालका सांसदसँग ट्याक्सी चढ्ने पैसा पनि नहुने बताइन् । सांसदलाई साधन स्रोत केही नभएको, अमेरिका अहिलेसम्म नदेखेको जस्ता गुनासो राखेकी थिइन् । उनले आफूले रोजेको संसदीय समिति पनि नपाएको पनि गुनासो गरेकी थिइन् । सत्तापक्षका सांसदहरुले संसदमा सत्तापक्षको भएपछि प्रश्न समेत गर्न नपाएको गुनासो गरेका थिए ।

सांसद लक्ष्मी परियारले अनुभव सुनाउने क्रममा भनिन् ‘तपाईँहरुसँग विज्ञ कर्मचारी हुन्छन् भन्नुभयो, हाम्रोमा त्यस्ता कर्मचारी पनि हुँदैनन् र खर्चको पनि व्यवस्था हुँदैन । हामी जिल्ला जान नै सक्दैनौँ । बरु तपाईँहरुले हाम्रा माथिल्लो निकायका मानिसहरुलाई भेटेर खबर सुनाइदिनुपर्‍यो ।’

रास्ट्रियताको कुराले देश तातिरहेको बेलामा जिम्मेवार संसदले बिदेशी एनजीओ टोलिको अगाडी यसरी आफ्ना माग राख्नुले देशको इज्यत गुमेको टिका टिप्पणीहरु सामाजिक संजालमा भाइरल भैरहेका छन्।

Exit mobile version