Site icon ParisNepal.com – Nepali News From France

श्रीमती र भतिज सहित सडकमा घस्रिएर घाटमा पुग्दैछन बिराटनगरका मेयर

छठमा निराहार ब्रत बस्ने र विगत १६ वर्षदेखि साष्टांग दण्डप्रणाम गर्दै जमिनमा घस्रिएर घाटसम्मको यात्रामा निस्किने बिराटनगरका मेयर भीम पराजुलीलेले यसपटक नगरवासीको सुख र शान्तिको कामना गर्ने भन्दै घस्रिएर घाटसम्मको यात्रा सुरु गरेका छन्। उनले आज बिहान विराटनगर ३ ठूलोमिल चोकमा रहेको मन्दिरबाट घाटसम्मको साढे २ किलोमिटर घस्रिएर यात्रा सुरु गरेका थिए । उनलाई तीन किलोमिटर दूरी घस्रदै घाटसम्म पुग्न ५ घण्टा लागेको थियो।

नगर प्रमुख पराजुलीलाई पत्नी र भतिजले पनि दण्डप्रणाम गर्दै घाटको यात्रामा साथ दिएका थिए। पराजुलीको दण्डप्रणाम शुभारम्भ कार्यक्रममा कलाकार दीपाश्री निरौला पनि सहभागी थिइन् ।

गत बर्ष पनि उनि घिस्रिएर घाटमा पुगेका थिए। छठ पर्वमा घिस्रिनु बाहेक उनले नगरमा सामान्य काम जस्तै फोहोर उठाउन आफै जाने, रक्तदान गर्ने (४२ औं पटक), राहत वितरणमा आफै जाने, कालो पत्रे निरीक्षणमा आफै खटिने गरेर चर्चामा आउने गर्दछन।उनि हिन्दु धर्ममा अगाध बिश्वास गर्ने धार्मिक व्यक्त्ति भएको बताइन्छ । कुनै पनि महत्वपुर्ण काम गर्दा पुरोहितसँग साइत हेराएर  मात्र गर्ने उनको बानी छ ।

Exit mobile version