Site icon ParisNepal.com – Nepali News From France

महरा काण्ड : प्रहरीले अनुसन्धान नगरी भन्यो “भोलि प्रहरी चौकीमा आएर उजुरी दिनू”

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि एकजना महिलाले लगाएको बलात्कार आरोपमा नेपाल प्रहरी फेरि चुकेको छ। राती नै ति महिलाले हरीलाई खबर गरेकी थिइन्।

त्यहाँ पुगेका प्रहरीलाई महिलाले सभामुख महराले आफूलाई बलात्कार गरेको र कुटपिट गरेको बताउदै अपराध भएको कोठा, आधा रित्तिएको रक्सीको बोतल, महराले रक्सी खाएको ग्लास, महिलासँगको घम्साघम्सीमा भाचिएको महराको चस्मा, उनी बलात्कृत भएको खाट र उनको जिउमा लागेका चोट सबै देखाइन्। तर घटनास्थलमा पुगिसकेको प्रहरीको पहिलो जिम्मेवारी हुन्थ्यो ‘क्राइम सिन’ (अपराध भएको भनिएको ठाउँ) को संरक्षण गर्नु, त्यहाँ उपलब्ध प्रमाण जम्मा गर्नु र तिनको संरक्षण गर्नुको साटो ती महिलालाई ‘तपाईंमाथि अन्याय भएछ, भोलि तीनकुने प्रहरी चौकीमा आएर उजुरी दिनू।’ भनेर फर्कीएछ।

सो घटना घटेको झन्डै ३६ घन्टा बितिसक्दा पनि यो समाचार तयार पार्दा सम्म प्रहरीले अनुसन्धान सुरू गरेको छैन। प्रहरी भन्छ  ‘महिलाले जाहेरी नदिएकाले कारबाही अघि बढाउन मिलेन।’

आजै दिउसो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवलाय बैठकले पनि सभामुख महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग पुर्याउन आग्रह गरेको थियो। लगत्तै महराले आफ्नो पदबाट राजीनामा दिइसकेका छन्।

 

Exit mobile version