Site icon ParisNepal.com – Nepali News From France

नागरिकता बिधायकमा सहमति जुटेन, विदेशी बुहारीलाइ ७ बर्ष र ज्वाइँलाई १५ बर्षमा नागरिकता दिने प्रस्ताव

झन्डै ११ महिनादेखि छलफलका क्रममा रहेको नागरिकता बिधायक सम्बन्धि बैठकका क्रममा सरकारले तत्काल विदेशी ज्वाइँलाई अंगिकृत नागरिकता दिन नसकिने अडान राखेको गृहसचिव प्रेमकुमार राईले प्रष्ट परेका छन ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा केहि महिला सांसदहरुले छोरीले विवाह गरेर ल्याएका ज्वाइँलाई पनि विदेशी बुहारीलाई जसरी नै अंगिकृत नागरिक दिनुपर्ने तर्क गरिरहेका थिए।

समितिका सभापति शशि श्रेष्ठले नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई दिइने वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्ष समय राख्ने र ज्वाइँलाई बिहेको १५ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव गरेपछि कांग्रेसले असहमति जनाएको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरु मतदान गरेरै भएपनि नागरिकता विधेयक पास गर्ने पक्षमा देखिएका थिए ।

नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले पार्टीको तर्फबाट फरक मत पढेर सुनाउँदै नागरिकता प्राप्तिका लागि धेरै लामो समय राख्दा संबैधानिक एवम् सामाजिक जटिलतासमेत श्रृजना हुन सक्ने भन्दै २०६३ कै व्यवस्था राखिनुपर्ने माग गरेको छ । त्यसैगरी समाजवादी पार्टी नेपालका सांसद रामसहाय यादवले पनि वैवाहिक अंगिकृत नागरिकताको प्रस्तावित व्यवस्थामा असहमती जनाएका छन् । नेपाली कांग्रेसका केहि सांसदहरुले विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरे लगत्तै नागरिकता दिनुपर्ने प्रावधान राख्न माग गरेका थिए जुन २०६३ को नागरिकता ऐनमा रहेको छ।

सहमति जुटाउने जिम्मा शीर्ष नेतालाई

शनिवार नागरिकता विधेयक पास गराउन मतदान गराउने भनिएको भए पनि फरक मत आउन थालेपछि शिर्ष नेताहरुले त्यसलाई रोक्न दवाव दिइएको र यसमा रास्ट्रिय सहमति जुटाउने प्रयास गरिने बताइएको छ।

समितिले शीर्ष तहमा छलफल गरी २४ घण्टा भित्र सो सम्बन्धमा सहमती जुटाएर ल्याउन समितिका सदस्यलाई जिम्मेवारी दिएको छ ।

 

 

Exit mobile version