Site icon ParisNepal.com – Nepali News From France

पेरिसमा “जात्रै जात्रा”

नमस्ते नेपाल इन्टरटेंमेन्टले यहि २५ अगस्ट आइतबार पेरिसमा नेपाली चलचित्र ‘जात्रै जात्रा’ को प्रदर्शन गर्ने भएको छ। कमेडी चलचित्र मनपराउने दर्शकका लागि चलचित्र “जात्रै जात्रा” हेर्नेपर्ने चलचित्र हो । ‘जात्रै जात्रा’ करिब दुई बर्ष पुरानो चलचित्र जात्राको निरन्तरता “सिक्वल” हो ।

२५ अगस्ट आइतवार पेरिस १७ को सिनेमा हलमा दिउसो २ बजे देखि सुरु हुने शोको लागि १५ युरो र बालबालिकाहरुको लागि १० युरो टिकेट राखिएको आयोजकहरु बताएका छन् ।

चलचित्र ‘जात्रै जात्रा’मा सुन पचाउन गर्नुपरेको संर्घषलाई देखाइएको छ । षट्कोण आर्टको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् ।  ‘जात्रै जात्रा’मा सिंगे लामा र यज्ञश्वर पौडेलको लगानी रहेको छ । चलचित्रका गीत-संगीत र ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् । ‘जात्रै जात्रा’का सार्वजनिक दुई गीत ‘माया पिरिममा’ र ‘जीवन जात्रा हो’ अहिले चर्चामा छन् । यस चलचित्रले नेपालका बिभिन्न हलहरुमा सफलताका साथ गौरवमय ५१ दिन मनाउन सफल हुनुका साथै यस बर्ष सर्वाधिक कमाइ गर्ने चलचित्रमा नाम लेखाउन सफल भएको थियो । जेठ ३ गते रिलिज भएको सिनेमाले असार २० गते शुक्रबार प्रदर्शनको ५१ औं दिन पूरा गरेको हो।

चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानिया, रविन्द्र झा, दयाहाङ राई, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, कविन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजन थापा मगर, प्रियंका झा लगायतका कलाकारको अभिनय रहेको छ ।

‘जात्रै जात्रा’मा शिवराम श्रेष्ठको छायांकन, कालीप्रसाद बाँस्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्धाजको संगीत, शंकर महर्जनको द्वन्द्व, मित्र डि गुरुङको सम्पादन रहेको छ ।

Exit mobile version