Site icon ParisNepal.com – Nepali News From France

स्वदेशमै पाइलट पढने विद्यालय (फ्लाइङ स्कुल) स्थापना हुन्छ : योगेश भट्टराई

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पाइलट अभाव पूर्ति गराउन नेपालमै “फ्लाइङ स्कुल” बनाउने घोषणा गरेका छन् ।

पाइलट पढ्न ५० लाखभन्दा बढी खर्च गरेर विदेश जानुपर्ने अवस्था रहेको उल्लेख गर्दै नेपालमै सुलभ दरमा पाइलट विषय अध्ययन गर्ने विद्यालय खोल्न सके नेपालीहरुलाई सहज हुने बताउदै भट्टराईले पाइलट विषय अध्ययनका लागि पर्यटन मन्त्रालय र निजी एयरलाइन्सहरुको सहकार्यमा विद्यालय स्थापना गर्ने जानकारी दिए।

मन्त्रि भट्टराईले केही दिन भित्रै सो विद्यालय स्थापना सम्बन्धि विस्तृत योजना ल्याउने घोषणा गरेका छन् ।

Exit mobile version