Site icon ParisNepal.com – Nepali News From France

भारतकी पूर्व मन्त्री सुष्मा स्वराजको निधन, उनको अन्तिम ट्वीट: म यही दिन देख्ने प्रतिक्षामा थिएँ

भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको हृदयाघातका कारण निधन भएको छ। ६७ वर्षीय स्वराजको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई दिल्लीस्थित अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ। स्वास्थ्य अवस्थाकै कारण नरेन्द्र मोदीको पछिल्लो मन्त्रिपरिषदमा उनले नबस्ने बताएकी थिइन्।

सुषमा स्वराजको निधन भएको अस्पतालमा भारतीय रक्षामन्त्री, केन्द्रीय स्वास्थ्यमन्त्री र अन्य मन्त्रीहरु अस्पताल पुगेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदी अबको केहीबेरमा अस्पताल जाने बताइएको छ।

सुषमा स्वराज सन् १९९८ मा उनी दिल्लीको मुख्यमन्त्री बनेकी थिइन्। इन्दिरा गान्धीपछि दोस्रो महिला विदेशमन्त्री स्वराज थिइन्।प्रधानमन्त्री मोदीले ट्वीट गर्दै सुष्मा स्वराज राजनेता भएको भन्दै विदेशमन्त्रीका रुपमा उनले गरेको काम भारतीय जनताले सदा याद राख्ने बताएका छन्।

स्वराजले केहि घण्टा पहिला मात्रै ट्वीट गर्दै प्रधानमन्त्री मोदीलाई अभिनन्दन दिँदै जीवनमा यही दिन हेर्ने प्रतिक्षामा रहेको प्रतिक्रिया दिएकी थिइन्। उनको ट्वीट सरकारले जम्मू कश्मिरको बिशेष दर्जा खारेज गरेको तर्फ केन्द्रित रहेको थियो।

 

Exit mobile version