Site icon ParisNepal.com – Nepali News From France

एनआरएन युकेको सदस्य संख्या करिब १४ हजार, सबैभन्दा ठुलो एनसीसी बन्न सफल

गैर आवासीय नेपाली संघ युकेको १४ सेप्टेम्बेर २०१९ मा हुने निर्वाचनका लागि सदस्यता बन्ने अन्तिम मिति ३१ जुलाई २०१९ साझको ८ बजे सम्म रहेको थियो । संघले सदस्यता दर्ता अनलाईन, इमेल, पोस्ट तथा स्वयम् उपस्थित भएर पनि सदस्यता फर्म भर्न सकिने सहजता तथा सुबिधाको उपलब्धता गरिएको थियो ।

साँझको ८ बजे सम्ममा सदस्यता फारम १३३४३, अनलाईन मार्फत ३१६ तथा पोस्टल एवं राज्य परिषद बाट प्राप्त १९४ गरि प्रारम्भिक तथ्यांक अनुसार कुल १३८९० सदस्यता दर्ताको लागि फारम प्राप्त भएको छ। एनसीसी युकेको इतिहासमै पहिलो पटक यति धेरै संख्यामा मतदाताको लागि आवेदन आएको हो। प्राप्त आवेदन प्रमाणिकरण गरे पछि मात्र मतदाताको लागि योग्य हुने संघले जानकारी दिएको छ।

आजै बाट सदस्यता प्रमाणीकरण शुरु हुने, डकुमेन्ट र शुल्क प्राप्त नभएकोहरुलाई सम्पर्क गरि निकट भबिस्यमा प्रथम मतदाता नामावली प्रकाशन गरिने जनाइएको छ । साथै प्रथम मतदाता नामावली उपर, कुनै सदस्यको सदस्यता उपर संसोधन वा दाबी बिरोध भए त्यस उपर छानबिन गरि अन्तिम सदस्यता तथा मतदाता नामावली पुन प्रकाशन गरिने संघले जनाएको छ।

सदस्यता संख्याको हिसाबले एनआरएन युके विश्वभर छरिएका ८० राष्ट्रीय समिति भन्दा ठूलो राष्ट्रीय समिति बन्न सफल भएको छ। १४ सेप्टेम्बरमा हुने निर्वाचनमा लागि ५ जना वर्तमान कार्यसमितिका उपाध्यक्षहरु शेर सुनार, पुनम गुरुङ, प्रेमगाहा मगर, सुशीला राई र ललित न्यौपानेले अध्यक्ष पदमा आकांक्षा देखाएका छन्।

आगामी १४ सेप्टेम्बरका दिन एनसीसी युकेको साथमा ४ वटा राज्य समिति स्कटल्याण्ड, वेल्स, नर्दन आयरल्यान्ड र इंग्ल्याण्डको निर्वाचन एकैसाथ हुने भएको छ ।

Exit mobile version