Site icon ParisNepal.com – Nepali News From France

पेरिसमा अहिलेसम्मकै उच्च तापक्रम, ४२.६ डिग्री सेल्सियस सम्म पुग्यो

Météo France

आज २५ जुलाईका दिन फ्रान्सको राजधानी पेरिसको तापक्रम इतिहाँसकै उच्चतम विन्दुमा पुगेको यहाँका मौसम पूर्वानुमान शाखा मेतेओ फ्रान्सले जानकारी दिएको छ।

मेतेओ फ्रान्सका अनुसार आज दिउसो १६ बजेर ३० मिनेट जाँदा पेरिसको तापक्रम ४२.६ डिग्री सेल्सियस पुगेको थियो। उत्तर फ्रान्स तर्फ बेल्जियम आसपासका जिल्लामा पनि तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ। यस अघि सन् १९४७ को जुलाई महिनामा पेरिसको तापक्रम ४०.४ रेकर्ड गरिएको थियो। त्यस बेला फ्रान्समा लगातार ३ हप्ता सम्म उच्च तापक्रम रहेको थियो। २००३ मा पनि लगातार ६ दिन सम्म फ्रान्सको तापक्रम उच्च थियो त्यतिबेला पेरिसमा ३९.५ डिग्री सेल्सियस सम्म मापन गरिएको थियो।

युरोपका अन्य देशहरुमा, बेल्जियममा आज लगभग ४०.६ डिग्री, हल्याण्डमा ४०.४ डिग्री, जर्मनीमा ४१.९ डिग्री सेल्सियस सम्म तापक्रम पुगेको थियो।

फ्रान्स सरकारले गर्मिका कारण कयौं ठाउमा प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मीहरु खटाउनुका साथै संवेदनशील क्षेत्रमा सरकारी तथा निजि कार्यालय, बिधालय र कलकारखानामा छुट्टी दिएको छ। रेल कम्पनीहरुले पनि यात्रुहरुलाई अनावश्यक यात्रा नगर्न अनुरोध गर्दै सक्दो सतर्कता अपनाउन अनुरोध गरेका छन।

 

Exit mobile version