Site icon ParisNepal.com – Nepali News From France

अविरल वर्षा : देशभर ४८ जनाको मृत्यु, हजारौं विस्थापित, भारतले बाँध नखोल्दा रौतहट डुबानमा

अविरल वर्षाका कारण अहिलेसम्म देश भरमा २१ जनाको मृत्यु भइसकेको छ भने दर्जनौ बेपत्ता भएको जानकारी नेपाल प्रहरीले दिएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटले दिनभर जिल्लाका विभिन्न स्थानका बस्तिहरुमा पानीको सतह बढ्दै जाँदा अहिले सम्म करिव ४३२ घर परिवारका २५०० मानिस विस्थापित भएका छन। बिस्थापितहरु आफन्त, नजिकको विद्यालय, छिमेकीहरुकोमा आश्रय लिई बसेको बताएको छ। भारतीय पक्षले बाँधमा भएका पानी थुन्ने ढोकाहरु नखोलिँदा रौतहट सदरमुकाम गौरका बासिन्दा अहिले संकटमा परेका छन् । अवस्था अत्यन्तै नाजुक बन्दै गएको भए पनि अहिले सम्म भारतीय पक्ष संग कुनै कुटनीतिक पहल सुरु नगरिएको स्थानीय पत्रकारहरुले जानकारी दिएका छन्। सदरमुकाम गौरमा १० फिटभन्दा बढी पानी जमेको छ ।

उपत्यकाकाको र  मकवानपुरको समेत पानी बोकेर रौतहट पुगेको बागमती नदीको तटबन्ध फुटेर समनपुर गाउँमा पसेको छ भने पश्चिमपट्टीको बकैया नदीको पनि तटबन्ध फुटेर ४ वटा गाउँ डुबानमा परिसकेका छन। प्रदेश नं. २ को सरकारले बाढी पहिरोले मृत्यु भएका मृतकका परिवारलाई ३ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

प्रदेश २ को ठूला खोला कमला, बागमती, बकैया, रातुमा पानीको जलस्तर बढेको छ । जल तथा मौसम विज्ञान विभागले आइतबारसम्म पानी परिरहने जनाएको छ । २४ घण्टामा सबैभन्दा बढी सिमरामा ३११ मिलिमिटर वर्षा भएको छ । काठमाडौंमा ११५, ओखलढुंगामा १०१, धनकुटामा ७५.५ र भैरहवामा ४३ मिलिमिटर पानी परेको छ ।

 

 

Exit mobile version