Site icon ParisNepal.com – Nepali News From France

अमेरिकाले जित्यो महिला विश्वकप फुटबलको उपाधि

फ्रान्सको लियों ओलम्पिक स्टेडियममा सम्पन्न महिला विश्वकपको फाइनल भिडन्तमा अमेरिकाले युरोपियन च्याम्पियन नेदरल्यान्ड्स माथि २–० को जित हाँसिल गर्दै डिफेन्डिङ च्याम्पियन अमेरिकाले चौथो पटक विश्वकप जितेको छ।

खेलको दोस्रो हाफमा अमेरिकाले दुवै गोल गरेको थियो। अमेरिकाका लागि मेगान रापिनोले ६२ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै अग्रता दिलाइन्। पहिलो गोलको ८ मिनेटपछि अर्थात् ६९ औँ मिनेटमा अमेरिकाको तर्फबाट रोज लाभेल्लेले गोल गरेपछि खेल २–० मा पुग्यो। त्यसपछि नेदरल्यान्ड्स कुनै गोल फर्काउन नसक्दा उपाधि अमेरिकाले जित्यो । यस्तै मेगानले उत्कृष्ट खेलाडी बन्दै ‘गोल्डेन बल’ अवार्ड समेत जितेकी छिन् ।

फाइनलसम्म पुग्नको लागि अमेरिकाले सेमीफाइनलमा इङ्ल्यान्डलाई हराएको थियो भने नेदरल्यान्ड्सले स्वीडेनलाई हराएको थियो। अहिलेसम्म भएका ८ महिला विश्वकप फुटबल मध्ये ४ पटक अमेरिकाले उपाधि जितेको छ साथै जर्मनीले २ तथा नर्वे र जापानले १-१ पटक जितेका छन्।

Exit mobile version