Site icon ParisNepal.com – Nepali News From France

बिश्वमा पहिलो पल्ट एड्सको उपचार भएको पुस्टि

लक्ष्मण गगन फ्रान्स, स्वास्थ्य बिज्ञानको इतिहासमै पहिलो पल्ट अनुसन्धानकर्ताहरुले एड्सको उपचार फेला पार्न सफल भएका छन्।अमेरिकी बैज्ञानिकहरुको एउटा टोलीले प्रयोग गरेको औसधीले एच आइ भी संक्रमित मुसाहरुलाइ पूर्णरुपमा निको पारेको दाबी गरेका छ। मानिसमा अझै प्रयोग गर्न बाकी रहेको यो परिक्षणको नतिजाले एच आइ भी उन्मूलन हुन सक्छ भन्ने बिश्वासलाइ अझै दरो बनाएको छ। जुलाई महिनाको ‘नेचर कम्युनिकेसन ‘मा बैज्ञानिक डा. कामेल खलीली लेख्छन ” हामीसंग एच आइ भी पूर्ण रुपमा निको हुन सक्छ भन्ने ठोस प्रमाण जुटिसकेको छ ”

स्मरण रहोस हरेक रोगको उपचारको खोज गर्दा प्रस्तावित औसधिलाइ जनावरहरुमा प्रयोग गर्दा मिलेको सफलतापछि मात्र मानिसमा प्रयोग गरिन्छ। ४० बर्ष पहिला उत्पति भएको यो भाइरसका कारण बिश्वमा अहिलेसम्म ३५ मिलिएन व्यक्तिले संक्रमण पछि उपचार नभएको कारण ज्यान गुमाइसकेका छन्।

Exit mobile version