Site icon ParisNepal.com – Nepali News From France

नेपाली एकता समाज फ्रान्सको नव निर्वाचित कार्यसमितिको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न

नेपाली एकता समाज फ्रान्सको हिजो ७ जुलाई २०१८ मा नव निर्वाचित कार्यसमितिका अध्यक्ष प्रमोद पाण्डेको अध्यक्षतामा बसेको बैठकमा निबर्तमान अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार लोक ब.पुन ले सफल कार्यकालको शुभकामना दिदैं फाईल तथा कार्यभार नयाँ कार्यसमितिलाई हस्तान्तरण गरेका छन ।
नयाँ कार्यसमितिले बार्षिक कार्यक्रम तय गरेको छ।  र कार्यक्रम नजुधाईदिन अनुरोध गरेको छ

१)९ सेप्टेम्बर २०१८ मा एकता समाज फ्रान्सले गर्दै आएको एकता रनिंग कप फूटबल प्रतियोगिता आयोजना गर्ने।

२) १६ सेप्टेम्बर २०१८ मा नेपाली महिला दिदी बहिनीहरूको लागि हल ब्यबस्था गरी हल भित्र तिज बिशेष कार्यक्रम गर्ने

३)४ नोभेम्बर २०१८ मा बार्षिक देउसी भैलो कार्यक्रम गर्ने

४) ७अप्रील २०१९ मा फ्रान्स स्थित १८ बर्ष भन्दा मुनीका नानी हरूलाई डान्स कम्पेटेसन गराउने

५) नेपाली एकता समाज फ्रान्स र नेपाली राजदूतावास ले २००९ बाट शुरू गर्दै आएको ईफेल टावरमा हुने बुद्ध जयन्ती कार्यक्रम एकता समाज को प्रतिनिधित्वमा फ्रान्स स्थित संपूर्ण संघसंस्थाहरू सँग संयुक्त रूपले मनाउने निर्णय गरियो।

Exit mobile version