Site icon ParisNepal.com – Nepali News From France

पेरिसमा नवौं बार्षिक रनिंग “एकता कप” फुटबल प्रतियोगिता हुने

नेपाली एकता समाज फ्रान्सले यहि ७ जुलाई २०१९ आइतबारका दिन नवौं “एकता कप” फुटबल प्रतियोगिता आयोजना गर्न गैरहेको छ।

कार्यक्रममा भाग लिन टिम दर्ता गर्न सबैलाइ आव्हान गर्दै टीम दर्ता गर्ने मिति ५ जुलाई सम्म तोकिएको छ र सोहि दिन टाईसेट गोला प्रथा बाट गरिने संस्थाले जानकारी दिएको छ। टिम दर्ता शुल्क २७५ युरो लाग्ने छ भने बिजेताले १००५ युरो कप तथा मेडल पुरस्कार प्राप्त गर्ने छन्। दोस्रो हुनेलाइ ५५५ युरो साथै शिल्ड मेडल दिइनेछ।

यसपटकको प्रतियोगितामा फ्रान्सका नेपाली बिद्यार्थीहरुले पनि आफ्नै फुटबल टिम बनाएर सहभागी हुने भएका छन्। बिद्यार्थीहरुलाइ टिम दर्ता शुल्कमा ५० प्रतिशत सहुलियत दीने संस्थाले जानकारी दिएको छ।

गत बर्ष सम्पन्न प्रतियोगितामा तमु समाज फ्रान्स खैरो टीसर्ट बिजयी भएको थियो त्यस्तै निम बाट सहभागी नेपाली फ्रेन्च आर्मी द्वितीय र आर्मीहरुकै अर्को टीम 1reg ले तृतीय स्थान प्राप्त गरेको थियो।

Exit mobile version