Site icon ParisNepal.com – Nepali News From France

नेपाली साहित्यिक मञ्च फ्रान्सले पेरिसमा भानु जयन्ती एवम साहित्यिक कार्यक्रम गर्ने

नेपाली साहित्यिक मञ्च फ्रान्सले यहि १४ जुलाई आइतवारका दिन भानु जयन्ती एबम साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ। राष्ट्रिय विभूति नेपाली भाषाका आदिकवी भानुभक्त आचार्यको २०६ औं जन्म जयन्ति कार्यक्रम विभिन्न साहित्यिक रचना पाठ गर्दै मनाउने गरी तयारी सुरु गरिएको जानकारी साहित्यिक मञ्चले दिएको छ। कार्यक्रममा रचना वाचन गर्न इच्छुक सबैलाई आ-आफ्ना रचनाहरु तयार गरि सम्पर्क गर्न अनुरोध गर्दै उपस्थितीको लागी आग्रह गरिएको छ।

नेपाली साहित्यिक मञ्च फ्रान्सको सूचना :

हार्दिक निमन्त्रणा
फ्रान्सबासी आदरणीय दिदी बहिनी तथा दाजु भाइहरू,
नमस्कार ,
फ्रान्सका केही साहित्यकार तथा साहित्य प्रेमी साथीहरु मिलेर केही महिना अघि मात्र हामीले “नेपाली साहित्यिक मञ्च फ्रान्स” नामको साहित्यिक चौतारी स्थापना गरेको कुरा सहर्ष जानाकारी गराउन चाहान्छौं । नेपाली र नेपालका बिभिन्न भाषा साहित्यको प्रबर्धन गर्ने , मानिस भित्र रहेको सृजनशीलतालाई साहित्यको माध्यमबाट प्रस्फुरण गर्ने वातावरण बनाउने , रचनाहरु समय समयमा सामूहिक पाठ गरेर साहित्यिक रसास्वादन गर्ने , नेपाली तथा नेपाली मूलका बालबालिकाहरुलाई नेपाली भाषा साहित्य तथा सस्कृतिप्रति अभिरूची बढाउने खालको कार्यक्रमहरु आयोजना गर्ने , नेपाल – फ्रान्सको बिबिध बिषय समेटर बार्षिक रुपमा एउटा स्मारिका प्रकाशन गर्ने जस्ता लक्ष्य हरू यस मञ्चले राखेकोछ । यो मञ्चको सिद्धान्त र लक्षसँग सहमत हुने जो कोही पनि यसमा आबद्ध हुन सक्नु हुनेछ । हामीलाई आजैदेखि सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं।
यसै सन्दर्भमा हाम्रा आदिकबि भानुभक्त आचार्यको जन्म जयन्ती आगामी १४ जुलाई, २९ आषाढ़ २०७६ का दिन परेकोले यस मञ्चले उल्लेखित स्थान र समयमा निम्न कार्यक्रम गरेर भानु जयन्ती एबम साहित्यिक कार्यक्रमको आयोजना गरेकोले यसमा भाग लिनुहुन सबैलाई हार्दिक आमन्त्रण गर्दछौं ।
मिति , समय र स्थल :- आइतबार १४ जुलाई २०१९ , १५ बजेदेखि १७:३० सम्म, रेस्टुरेन्ट कामरन, 77-79 Rue du Landy, 93300 Aubervilliers
कार्यक्रम:
मूलतः क) आदिकबिको परिचय र योदानमा प्रकाश , ख ) बाल साहित्य रचना पाठ, ग ) बयश्कहरुको रचना पाठ र बिषर्जन र चियापान ।
आफूले वाचन गर्ने रचनाको एक प्रति कार्यक्रम हुनु अगाबै मञ्चको e-mail मा पठाउनु होला वा उल्लेखित सम्पर्क व्यक्तिहरु मध्ये कसैलाई उपलब्ध गराइदिनु होला। आफ्ना बाल बालिकालाई रचना लेख्न र कार्यक्रममा वाचन गर्न हौसला प्रदान गरि सहयोग गर्नु हुन अभिभाबकलाई अनुरोध छ । बालबलिकले कुनै पनि भाषा र साहित्यिक विधामा रचना पाठ गर्न सक्नेछन। कार्यक्रममा सहभागी हुने र रचना बाचन गर्ने कुरा पूर्ब जानाकारी दिनुहुन अनुरोध छ । १४ जुलाइको यो कार्यक्रममा भेट्ने र साहित्यिक मनोरंजन लिने आशा गर्दछौं ।
धन्यबाद ।
भबदीय ,
हरिहर अर्याल
संयोजक एबम ने सा म फ्रान्स परिवार।

 

आदिकवी भानुभक्त आचार्यले आफ्नो परिचय दिन वाचन गरेको कविता :

पहाड्को अति बेस देश् तनहुंमा श्रीकृष्ण ब्राहृमण् थिया ।

खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया

विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।

इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।

Exit mobile version