Site icon ParisNepal.com – Nepali News From France

इनास फ्रान्सको प्रथम अधिबेशन र नयाँ कार्यसमिति

लक्ष्मण गगन,
फ्रान्सको पेरिसमा स्थापना भएको अन्तरास्ट्रिय कलाकार समाज (इनास फ्रान्स )को प्रथम अधिबेशन २३ जुन २०१९ का दिन सम्पन्न भएको छ। यसै बर्ष स्थापित यस समाजको कार्यसमितिको स्थापना देखि अहिले सम्मको कार्यकालको समिक्षा, नयाँ कार्यसमितिको चयन अनि आउदो बर्षको कार्यक्रमहरुको कार्यतालिकाको बारेमा छलफल गर्नका लागी यो अधिबेशन बोलाइएको थियो।

एक बर्षको अनुभव बटुलिसकेका अधिकांस पुराना सदस्यहरुको योगदानको कदर गर्दै प्रविन सापकोटाकै अध्यक्षतामा सर्बसम्मत रूपमा गठन भएको नयाँ समितिमा कला क्षेत्रका विभिन्न तहमा रहेका ब्यक्तिहरु लाई समबेश गरिएको छ । फ्रान्सभरि छरिएर रहेका नेपाली मूलका कलाकारहरु र कलाप्रेमीहरु लाइ एउटाै छातामा आबद्ध गरेर विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै जाने, र थुप्रै गतिविधिहरु मार्फत बिदेशमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्नागर्नमा टेवा पुर्याउने मूल उदेश्य राखेर २०१९ मा “इनास फ्रान्स” को गठन गरिएको थियो ।

स्थापनाको पहिलो बर्षनै अडिसन कार्यक्रम मार्फत  गायन र नृत्यमा क्रमशः २-२ जना कलाकारको छनौट गरि बेल्जियममा सम्पन्न युरोप स्तरीय प्रतियोगितामा इनास फ्रान्सले आफ्नो सहभागीता जनाएको थियो ।
नवगठित कार्यसमितिले फ्रान्सबासी सम्पूर्ण कलाप्रेमी महानुभावहरु लाई साथमा लिएर आउँदा दिनमा अझै गुणस्तरीए प्रस्तुती सहित नयाँ कार्यक्रमहरु गर्ने योजना बनाएको छ । पूर्ण कार्यसमिति यस प्रकार छ :

 

१ किरण केसी जिसिआर
२ प्रविन सापकोटा अध्यक्ष
३ जगत ब. खड्का बरिस्ठ उपाध्यक्ष
४ आभाष आचार्य उपाध्यक्ष
५ महेन्द्र अधिकारी महासचिव
६ भुवन आले सचिव
७ मिलि उपाध्याय  कोइराला कोषाध्यक्ष
८ रिया गुरुङ केसी सह कोषाध्यक्ष
९ डुल्छेन लामा तामाङ (सुरेश) इभेन्ट कोअर्डिनेटर
१० सुमन राई डिजिटल कोअर्डिनेटर
११ मेनुका थापा आर्टिस्ट कोअर्डिनेटर
१२ लक्ष्मण गगन मिडिया कोअर्डिनेटर
१३ शर्मिला गुरुङ सदस्य
१४ सालु श्रेष्ठ सदस्य
१५ भिम राई सदस्य
१६ वाइ.बी.  थापा (जीवन) सदस्य
१७ प्रतिमा खनाल सदस्य
१८ बिपुल क्षत्रि सदस्य
१९ चिरन ओली सदस्य

 

Exit mobile version