Site icon ParisNepal.com – Nepali News From France

प्रधानमन्त्री ओली, पररास्ट्रमन्त्री सहितको नेपाली भ्रमण टोली फ्रान्सको हिमाली क्षेत्रमा

फ्रान्सको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज फ्रान्स को दक्षिण पूर्वीमा रहेको हिमाली क्षेत्रमा अवस्थित शामोनीको भ्रमण गरेका छन्। फ्रान्स स्विजरल्याण्ड र इटाली बीचमा रहेको फ्रान्सको शामोनीमा प्रधानमन्त्रीको स्वागत तथा नेपाल प्रवर्दन गर्ने उद्देस्यले एक कार्यक्रमको आयोजना गरिएको थियो।

पर्वतारोहण गतिविधिका लागि प्रसिद्ध फ्रान्सकाे सुन्दर शहर शामोनी-मो ब्लाँमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने “मोरिश हर्जो, यो शहरका मेयर थिए, उनैले धवलागिरीको सफलतापूर्वक आरोहण गरेर संसारलाई सन्देश दिएका थिए, ८ हजार मिटरभन्दा अग्ला पर्वत पनि चढ्न सकिन्छ।” शामोनीका मेयर एरिक फ़ुर्निएले प्रधानमन्त्री ओलीलाई सम्मान स्वरुप यहीं बनेको आइस एक्स उपहार दिएका थिए।

कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदुत, नेपाली राजदुतावासका कर्मचारीहरु, फ्रान्सका लागि सद्भावना दुत शृंखला खतिवडा, शामोनीका मेयर तथा उच्चपदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको थियो। पेरिसमा आयोजित कार्यक्रममा ओलीले आजै केवलकार चढेर हिमाली भेगको अवलोकन गर्ने बताएका थिए। सर्वप्रथम सन् १९२४ मा फ्रान्सको शामोनी सहरमा शीतकालीन ओलम्पिकको थालनी भएको थियो । पर्यटकीय हिसाबले अत्यन्तै शुन्दर शामोनी शहर नेपालको हिमाली क्षेत्रको बिकाशकोलागि उदाहरणको रुपमा लिन सकिने बताइन्छ।

Exit mobile version