Site icon ParisNepal.com – Nepali News From France

फ्रान्सको “तमु समाज कप” नेदरल्याण्डसको ड्रिम टिमको हातमा बेल्जियमको तमु दोस्रो

तमु समाज फ्रान्सले यहि जुनको २ तारिख आइतबार सातौँ तमु समाज कप फुटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न गरेको छ । १२ ओटा टिम बीच Knock Out सिस्टममा खेलाइएको खेलको उपाधि बेल्जियमको तमु समाजलाइ हराउदै नेदरल्याण्डसको ड्रिम टिमले हात पारेको छ। बराबरीमा रहेको खेलको अन्तिममा ड्रिम टिमले अर्को गोल थपेपछि २-१ ले जितेको थियो।  फ्रान्समै पहिलो पटक युरोप स्तरीयरुपमा फुटबल प्रतियोगिता खेलाइएको हो।

खेलमा प्रथम हुने लाइ १००० युरो पुरस्कार शिल्ड मेडल पुरस्कार दीइएको थियो भने दोस्रो हुनेलाइ ५०० युरो शिल्ड मेडल दिइएको थियो। कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास फ्रान्सका उपनियोग प्रमुख खड्ग प्रशाद दाहाल, आयोजक तमु समाज फ्रान्स का अध्यक्ष चित्र गुरूङ, एआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्ल,  नेपाली एकता समाजका अध्यक्ष प्रमोद पाण्डे र तमु समाज फ्रान्सका प्रमुख सल्लाहाकार मोहन गुरूङ बाट उत्कृस्ट खेलाडीहरुलाइ सम्मान स्वरुप पुरस्कार प्रदान गरिएको थियो।

उत्कृष्ट खेलाडीको उपाधि नेदर्ल्याण्डसका जुलामु शाहीले  हात परे त्यस्तै नेदर्ल्याण्डसकै सुजल घलेले उच्च गोलकर्ता र बेल्जियमका बसन्त मरथाले उत्कृष्ट गोलकीपरको उपाधि जितेका थिए।

पुरस्कार वितरणकै क्रममा कार्यक्रमका प्रमुख अतिथि राजदुतवासका उपनियोग प्रमुख दाहालले मन्तव्य राख्दै “बिदेशमा रहेका नेपालीहरू बिच खेलको माध्यम बाट आपसी भाईचाराको बृद्दी हुने र यस्ता किसिमको कार्यक्रम आबस्यक हुने” बताएका थिए।
कार्यक्रममा तमु समाज बेल्जियम का टिम मेनेजर राज कुमार गुरूङ र तमु समाज बेल्जियम का नि. अध्यक्ष जिवन गुरूङ लाई खादा ओढ़ाई सम्मान गरिएको थियो ।  त्यस्तै तमु समाज फ्रान्सका अध्यक्ष चित्र गुरूङले सहभागी सम्पुर्ण टिमहरू, प्रायोजकहरू, आर्थिक भौतिक तथा नैतिक समर्थन गर्नुहुने खेल प्रेमी, पत्रकार, अतिथि, प्रमुख अतिथि लगाएत सम्पुर्ण उपस्थित जनाउनुहुने सम्पुर्ण सहयोगीलाई धन्यबाद दिदै कार्यक्रम समापन गरेका थिए ।
Exit mobile version