Site icon ParisNepal.com – Nepali News From France

एनआरएन फ्रान्सको सदस्यता बितरण सुरु, महाधिवेसन अगस्ट १८ तारिख हुने

गैर आबासीय नेपाली संघ फ्रान्सले सद्स्यता बितरण अभियान सुरु गरेको छ । संसार भरिका गैर आबासीय नेपालीहरुलाई एउटै डाटावेसमा पन्जिक्रित गर्ने केन्द्रिय नीति अन्तर्गत पहिलो पटक अनलाइन बाट सदस्यता वितरण गरिने भएको हो। सदस्यता यहिँ जुन १ तारिख बाट सुरु हुनेछ। संघको आगामी कार्यसमिति २०१९ – २०२१ को लागि निर्वाचन तथा महाधिवेसन अगस्टको १८ तारिख हुने भएको छ।

केन्द्रिय प्रणाली अनुसार सदस्य बन्न विश्वभरिकै एनआरएनएले एउटै वेबसाइट https://mero.nrna.org प्रयोग गर्नुपर्ने हुन्छ। वेबसाइट खुले पछी “Member Registration” मा क्लिक गरेर खुल्ने फर्म भर्नु पर्दछ।

संघको बिधान अनुसार रास्ट्रिय महाधिवेसन भन्दा १ महिना अगाडीसम्म पञ्जिकृत सदस्यता भएकाले मात्र उम्मेद्वार बन्न र मतदानमा सहभागी हुन पाउने प्रावधान रहेकोले जुलाइको ७ तारिख भन्दानै अगाडी सदस्यता लिई सक्नु पर्ने हुन्छ। सदस्यता लिनको लागि संघको बिधानमा उल्लेख भए अनुरुप : दुइ बर्ष भन्दा बडी विदेशमा बसीरहेका नेपाली नागरिक वा नेपाली मुलका विदेशी नागरिकले रास्ट्रिय समन्वय परिषदले निर्धारण गरेको शुल्क तिरेर पंजीकृत सदस्यता लिन सक्नेछन। नेपाल सरकार बाट खटिइ विदेश स्थित नेपाली नियोगमा बहाल रहेका र विदेश स्थित शिक्षण संस्थामा अध्ययन गरिरहेका नेपाली नागरिकहरुले पञ्जिकृत सदस्यता प्राप्त गर्ने छैनन।

एनआरएनए फ्रान्सले सदस्यहरुलाई एनआरएनए कार्डको व्यवस्था २०१८ बाट पहिलोपटक सुरु गरेको भए पनि कागजी प्रक्रियाबाट सदस्यता लिने र सबै सदस्यहरुको फोटो उपलब्ध नभएकोले सबैको कार्ड बनेर आउन सकेको थिएन। यसपटक सबैको कार्ड समयमानै बनेर आउने भएको छ। संस्थाले सदस्यता वितरण तथा प्रमाणीकरण काम प्रभावकारी र निश्पक्ष तरिकाले सम्पन्न गर्न ७ सदस्यीय “सदस्यता वितरण समिति” गठन गरेको छ भने आगामी बैठकले निर्वाचन समिति गठन गर्ने जानकारी दिएको छ

पुरा सूचना:

Exit mobile version