Site icon ParisNepal.com – Nepali News From France

बेलायतमा १७ औं “गोर्खा कप” सम्पन्न एफसी तोङ्बा बिजयी

बेलायतमा यहि २६ मे का दिन गोर्खा कपको १७ औं संस्करण सम्पन्न भएको छ । गोर्खा कप हेर्न बेलायत भरिका हजारौं नेपालीहरु उपस्थित भएका थिए । तमुधिं युकेले अल्डरसटस्थित क्विन्स् एभेन्यू मैदानमा आयोजना गरेको प्रतियोगिता ‘गोर्खा कप’ मा दर्शक भीडले अल्डरसट शहरनै नेपालीमय बनेको थियो।

गोर्खा कप २०१९ को फाइनल खेलमा निर्धारित समयमा प्रतिस्पर्धी टीमबीच १–१ गोल भएपछि पेनाल्टी सुटआउटमा एफसी तोङबाले रेडिङ युनिटीलाई ४–२ ले हराएर उक्त गोर्खा कप हात पार्न सफल भएको थियो। ३२ टिमले भाग लिएको प्रतियोगितामा रेडिङ युनिटीका सुनिल गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।

विजेता र उपविजेता टिमहरुलाई प्रमुख अतिथि एवं रस्मोर बरो काउन्सिलकी काउन्सिलर मेयर सु कार्टर, नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख शरदराज आरन, तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, एफ.ए. लिगका कोर्डिनेटर लोरेन्स जोन्स, गोर्खा कपमा मुख्य प्रायोजक आईडिया फर नेपालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण श्रेष्ठ, चिनचिन, शिरोमणी दवाडी, प्रकाश घिमिरे, बाइसन सोलिसिटर्सकी रवियन अलि, सिटी एक्सप्रेस मनी ट्रान्सफरका करम गुरुङ, मेक्सओर्थ एकाउण्टेन्टस्का राकेश गुरुङ, गोर्खा ट्राभल्सका दिलरास गुरुङ, कर्मा गोर्खा किचन रेष्टुरेण्ट बेजिङ्गस्टोकका एमकुमार गुरुङ लगायतले शिल्ड, पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

गोर्खाकप हेर्न बेलायतका विभिन्न क्षेत्रबाट हजारौंको संख्यामा नेपालीहरु उपस्थित स्थलमा नेपाली खाना तथा व्यवसाय र च्यारिटीका दर्जनौं स्टलहरुमा पनि दर्शकहरुको भीड रहेको थियो ।

Exit mobile version