Site icon ParisNepal.com – Nepali News From France

कस्तो थियो ? कस्तो बन्यो ? लाप्राक बस्ती [फोटो फिचर]

२०७२ सालको भूकम्प पश्चात सरकारले सुरु गरेको पुर्ननिर्माण कार्यक्रमलाइ साथ दिदैं २०७३ साल असोजमा तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड) र एनआरएनए का तत्कालिन अध्यक्ष शेष घलेले संयुक्त रुपमा लाप्राक बस्तीको शिलान्यास गरेका थिए।

भुकम्पले ध्वस्त बनाएका मध्य केही बस्ती दाताहरुको सहयोगी हातका कारण नयाँ आकर्षणसहित कती माथि उठिसकेका छन् कती उठ्ने क्रममा छन् र त्यसैमध्येको यो हो गोरखाको दुर्गम गाउँ लाप्राकस्थित गुप्सीपाखाको बस्ती  ।

गैरआवासीय नेपाली संघले निर्माण गरेको यो नमूना बस्तीमा ५७३ वटा घर रहेका छन् । जसको निर्माण संघले नेपाली सेनासमेतको सहयोगमा गरेको हो ।

नमूना बस्तीको रंगरोगन सहित बाह्य संरचनाको सम्पूर्ण काम सकिएको छ भने ५७३ ओटा घरको निर्माण सकिएर अन्तिम चरणको संरचनागत विकासको काम भइरहेको छ ।

प्रतिकुल मौसम र भौगोलिक विकटताको कारणले सो परियोजना निर्माणमा ढिलाई भए पनि अब सम्पन्न हुने क्रममा रहेको एनआरएनए अध्यक्ष भवन भट्टको भनाइ छ । संघले निर्माणको काम अन्तिम चरणमा पुगेकाले छिट्टै बस्ती हस्तान्तरण गर्ने तयारी गरिरहेको छ ।

फोटोमा हेर्नुहोस् भुकम्प पछिका तस्विरहरु:

 

Exit mobile version