Site icon ParisNepal.com – Nepali News From France

“विष्णु पौडेललाई सरकारले क्षतिपूर्ति दिँदैन, उहाँको जग्गा गयो” – सरकारका प्रवक्ता

काठमाडौं– बालुवाटारस्थित ललिता निवासको जग्गा खरिद गरेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेललाई सरकारले क्षतिपूर्ति नदिने भएको छ।

मन्त्री बाँस्कोटाले भने, ‘बालुवाटार जग्गामा चारतारे, लालतारे कसैलाई सरकारले छुट दिन सक्दैन।’ सुरुमा बालुवाटारमा जग्गा खरिद गरेर महासचिव पौडेल ठगिएको र क्षतिपूर्ति पाउनुपर्ने आशय राख्दा आलोचित भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकार प्रवक्ता गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मी माँझ पौडेललाई जस्ले ठगेको हो उसैले क्षतिपूर्ति दिनुपर्ने बताए। सरकारी जग्गा अतिक्रमण भएकोबारे सरकारले नै छानविन समिति बनाएको र अध्ययन भइराखेको उनले स्पष्ट पारे ।

मन्त्री बाँस्कोटाले पौडेललाई क्षतिपूर्ति दिनुपर्छ भनेर सरकारले नभनेको दाबी गर्दै भने, “यो पूर्वाग्रहको लास्ट नमूना चाँही भयो। मैले कहिल्यै भनेको छैन। उहाँलाई ठगिएको जस्तो लागेको छ भने जस्ले ठगेको हो उसले तिर्छ। सरकारले तिर्दैन। देउवाको हकमा पनि त्यही हो। सूवर्ण सम्शेरको हकमा पनि त्यही हो। उहाँहरुको जग्गा गयो। सरकारले जग्गा लिन्छ। क्षतिपूर्ति दिँदैन। जजस्ले झुक्याएका थिए, धन्दामा संलग्न थिए तिनीहरु पनि बच्दैनन्।”

Exit mobile version