Site icon ParisNepal.com – Nepali News From France

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएन खेलाडीले जिते ६ स्वर्ण सहित १४ पदक

गैरआवासीय नेपाली संघले इतिहासमै प्रथम पटक संस्थागत रुपमा राष्ट्रिय खेलकुदमा विभागीय टिम को हैसियतमा सहभागिता जनाएको छगैरआवासीय नेपाली संघले आठौ राष्ट्रिय खेलकुदमा ६ स्वर्ण सहित १४ पदक प्राप्त गरेको छ l रोजीरोटीका निमित्त बिदेसिएका खेलाडीहरु तथा दोस्रो पुस्ताका एनआरएन खेलाडीहरुलाइ नेपाल सरकार र गैर आवासीय नेपाली संघ बीचको सहमति मार्फत राष्ट्रिय खेलकुदमा सहभागी हुने अवसर प्रदान गरिएको थियो।

संघले बिहीबार बेलुका राजधानीमा एक कार्यक्रमको आयोजना गरेर विजेता खेलाडीलाई सम्मान गरेको छ। संघका अध्यक्ष भवन भट्टसहतिका पदाधिकारीहरुको उपस्थितिमा खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो । कार्यक्रममा अध्यक्ष भट्ट, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिना, एनआरएनका महासचिब बद्री केसी, युवा संयोजक सुदन थापा विशेष अतिथिका रुपमाा थिए।

यसैगरी कार्यक्रममा एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएनए आइसिसी सदस्य मनोज गोर्खाली लगायत अन्य आइसीसी सदस्य तथा विभिन्न एनसीसी प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा सहभागी सबै खेलाडीलाई सम्मान तथा नगद बितरणसँगै टेक्निकल मेम्बरहरुलाई पनि सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । जसमा स्वर्णपदक बिजेता खेलाडीलाई नगद १ लाख, रजत पदक बिजेतालाई ८० हजार र कास्य पदक बिजेतालाई ६० हजार, सहभागी सबै खेलाडीलाई ५० हजार र रेफ्री तथा प्रशिक्षकहरुलाई २५ हजार नगद प्रदान गरिएको थियो ।

यसैमा गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का युवा संयोजक सुदन थापाले टिमलाइ सधै हौसल्ला प्रदान गर्दै अध्यक्ष भवन भट्टले खेलेको महत्वपूर्ण भूमिकाका साथै सहयोगको लागि धन्यवाद दिएका छन्।  साथै उनले सम्पूर्ण सहभागी खेलाडी अहोरात्र खट्ने कोच ,खेलाडी ब्यबस्थापक, ब्यबस्थापन टिम, एनआरएनए खेलकुद नेपाल बिभाग, एनआरएनए सचिबालय तथा युथ सचिबालय प्रति पनि बिशेष धन्यवाद तथा कृतज्ञता ब्यक्त गरेका छन् l

करिब ५ हजार खेलाडीले कुल ३५ खेलमा भाग लिएको प्रतियोगिता वैशाख ५ गते उद्‌घाटन भएको थियो भने प्रतियोगिताका खेलहरू चैत २७ देखि सुरु भएका थिए । जसमा एनआरएनका २४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Exit mobile version