Site icon ParisNepal.com – Nepali News From France

सयुक्त राष्ट्रसंघमा जोली अमात्यको सम्बोधन ( भिडियो सहित )


न्युयोर्क स्थित राष्ट्र संघको मुख्यालयमा नेपाली जोली अमात्यले सयुक्त राष्ट्रसंघको ७३ औ अधिवेसनमा सम्बोधन गरेकी छिन् ।

अमात्यले अन्तर्राष्ट्रिय श्रम संगठन(आईएलओ) स्थापना भएको एक सय बर्ष पुगेको अवसरमा ‘भविष्यको कार्य’ नारा रहेको उक्त अधिवेसनमा सम्बोधन गरेकी हुन् । उनले गत अप्रिल १० -११ मा न्यू योर्कमा सम्पन्न उक्त उच्च स्तरीय बैठकमा सबै नेपालीको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने सुवर्ण अवसर पाएकी छिन् । कार्यक्रममा उच्च स्तरीय राजनैतिक व्यक्तित्व, विभिन्न राष्ट्रका राष्ट्र प्रमुखहरु ,मन्त्रीहरु,सयुक्त राष्ट्र संघ सदस्य राज्य,सयुक्त राष्ट्र संघका स्थायी पर्यवेक्षक,कर्मचारी श्रमजीवी संगठन,कर्मचारी संगठन ,यूवा प्रतिनिधिहरु,शिक्षा या शोध क्षेत्र तथा नागरिक समाजका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । जोली हाल सयुक्त राष्ट्र संघ को मेजर ग्रुप फर चिल्ड्रेन एण्ड युथ को सचिवालयमा कार्यरत छिन् ।

राष्ट्र संघको इतिहासमै अमात्य युवा सम्मेलनकि युवा अध्यक्ष पदमा पुग्ने कनिष्ठ तथा पहिलो नेपाली बन्न सफल भएकी थिइन् ।  दुई बर्ष अगाडी जोलीले विश्व भरका तमाम यूवा वर्गको प्रतिनिधित्व गर्दै दोश्रो पटक पुन :उनले राष्ट्रसंघ हिउँदे यूवा सम्मेलनलाई सम्बोधन गरेकी थिइन् ।

Exit mobile version