Site icon ParisNepal.com – Nepali News From France

पेरिसमा चलचित्र “साइँली” प्रदर्शन हुने

सुन साइली, साइली, परदेश बाट म आउँला

सुन साइली, साइली, चालिस कटेसी रमाउँला….

हेमन्त रानाको यो गीतले बिदेशमा रहेका नेपालीहरु देखि गाउँघरमा रहेका साइँलीहरुको पनि मन रोह्यो। आखिर यो गीत गीतमा मात्रै सिमित रहेंन अन्तत: यसैलाई मूल बिषय बनाएर चलचित्र निर्माण भयो “साइँली”। साइँली गीतमा गौरब पहारी र मेनुका प्रधानको जोडदार अभिनय थियो भने चलचित्रमा पनि यहि जोडीकै मुख्य भुमिकामा रहेको छ। बैदेशिक रोजगारीमा गएको श्रीमान् र गाउँमा श्रीमानको प्रतिक्षा गरेकी साईलीको प्रेम कथालाई मुख्य बिषय बनाएर चलचित्रको निर्माण गरिएको छ।

केहि साता अघि देशभर एकैसाथ प्रदर्शन भएको चलचित्र साइँलीको क्रेज विदेशमा बढेको छ। फ्रान्सबासी नेपालीहरुले पनि चलचित्र हेर्न पाउने भएका छन्। यसैक्रममा फ्रान्सको पेरिसमा अप्रिल २८ तारिख र मे को ५ तारिख चलचित्रको बिशेष सो देखाईने  छ। चलचित्र प्रदर्शनबाट बँचेको रकम एन आर एन ए फ्रान्सको आपतकालिन कोषमा जम्मा हुने संस्थाले जनाएको छ। 

चलचित्रमा सहायक पात्रको भूमिकामा दयाहाङ राई प्रस्तुत भएका छन्। यस्तै प्रकाश घिमिरे, माओत्से गुरुङ, किरण चाम्लिङ राई, इष्टु कार्की,केनिपा सिंह लगायतका कलाकारहरु जोडदार अभिनय रहेको छ। छायांकार शैलेन्द्र डी कार्कीले चलचित्रको कथालाई दृश्यमा कैद गरेका छन्। राम बाबु गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र चैत्र १५ देखि नेपालका विभिन्न हलहरुमा सफलताका साथ चलिरहेको छ।

एनआरएनए फ्रान्सले प्रदर्शन गर्ने मिति :

१) मिती : २८-०४-२०१९
दिउँसो ठीक :१५:३० बाट १७ :३० सम्म

२) मिती : ०५-०५- २०१९
दिउँसो ठीक :१५:३० बाट १७:३० सम्म

टिकट मुल्य,
५ बर्ष मुनी: नि:शुल्क
५-१० बर्ष सम्म: 8€
१० बर्ष भन्दा माथि: 15€

Venue: Cinéma Chaplin St Lambert
6 Rue Peclet, 75015 Paris

थप जानकारी एनआरनए फ्रान्सको वेबसाइटमा : http://nrnfrance.fr/notices/2807

Exit mobile version