Site icon ParisNepal.com – Nepali News From France

नेसास अष्ट्रियाको नेपाली नयाँ बर्षको सांस्कृतिक कार्यक्रम भियनामा भव्य रुपमा सम्पन्न

रमेश खडका अष्ट्रिया,

नेपाली सामाजिक र सांस्कृतिक सँस्था नेसास अष्ट्रियाले नेपाली नयाँ बर्षको अवसरमा सांस्कृतिक कार्यक्रम अष्ट्रियाको भियनामा रुपमा सम्पन्न गरेको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन अष्ट्रियाका लागि नेपाली राजदुत श्री प्रकाश कुमार सुवेदी र कार्यक्रमका सभापति श्री डभिन लामा गुरुंगले संयुक्त रुपमा दिप प्रज्जवलन गरी गर्नुभएको थियो । बिभिन्न संघ सँस्थाका प्रतिनिधिहरु तथा संस्थाका पूर्व अध्यक्षहरु,आजीवन सदस्यहरु कार्यक्रमका अथितिहरु हुनुन्थ्यो भने नेपालीहरु तथा बिदेशीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रम संस्थाका महासचिब रमेश खड्काले नेपाली तर्फ र संध्या कपालिले जर्मन भाषामा कार्यक्रम सञ्चालन गर्नुभएको थियो।आयोजकको तर्फ देखि स्वागत तथा शुभकामना मन्तब्य महिला उपाध्यक्ष मञ्जु खडका र सम्पूर्ण अतिथिहरुको शुभकामना मन्तब्य देखि सुरु गरी बाल कलाकारहरुको नृत्य बाट सुरु गरु रमाइला रमाइला गीत, नृत्य र नेपाली समाजमा घटने गरेका यथार्थ घटनालाई जस्ताको तस्तै नाटकमा प्रस्तुत हुँदा सम्पूर्ण दर्सकहरुको आँखा रसाएको प्रस्ट देख्न सकिन्थ्यो। कार्यक्रमको लगभग अन्तिमतिर नेपाली खानाको राम्रो ब्यबस्था गरिएको थियो।

कार्यक्रम भब्यरुपमा सफल पार्न हरेक क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरुलाई स-सम्मानका साथ धन्यबाद ज्ञापन गर्दै सभापतिले कार्यक्रमको समापन गर्नुभएको थियो। सो कार्यक्रममा नेपालमा रहेको ग्रीन नेपाल अनाथालय संस्थाका डाइरेक्टर स्वंम उपस्थित हुनुभएकोले कहीं सहयोग संकलन भएको र बाँकी नेसासले थपेर 401€ उहाँलाई सहयोग स्वरुप हस्तान्तरण गरिएको थियो।

केहि झलकहरु

Exit mobile version