Site icon ParisNepal.com – Nepali News From France

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल द्वारा फ्रेन्च लेजिओंको सैन्य भर्ति केन्द्रको भ्रमण

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल फ्रान्सको लियोंमा इन्टरपोलको १५ औं हेड्स अफ एनसिबी सम्मेलनमा सहभागी भइ यहि बिहिबार नेपाल फर्किने क्रममा छन्। सम्मेलनका साथ साथै उनले फ्रेन्च लेजिओं एथ्रन्जेको सैन्य भर्ति केन्द्रको पनि भ्रमण गरेका थिए। फ्रेन्च लेजिओं एथ्रन्जेमा बिशेष गरि विदेशी मुलका नागरिकहरु भर्ति हुन्छन र फ्रान्सेली रास्ट्रिय सैनिकहरुसंगै मिलेर तालिम, युद्ध वा शान्ति क्षेत्रमा जाने गर्दछ। करिब ६०० जना नेपाली युवाहरु अहिले त्यहाँ कार्यरत छन्। लेजिओंमा कार्यरत अधिकृत (Adjudant) ज्ञान बहादुर गुरुङले सैन्य भर्ति केन्द्र भ्रमण गराउनुका साथै त्यहाँको बस्तुस्थिति, नेपालीहरुको अवस्था र चुनौतीहरु बारे अवगत गराएका थिए। 

लेजिओं पछी सर्वेन्द्र खनालले लियों शहरको पनी छोटो भ्रमण गरेका थिए। त्यसै क्रममा लेजिओंका अधिकृत गुरुङ संगै नेपालीहरु खोज्दै रेस्टुरेन्ट ला भ्वा द हिमालय पुगेका खनाललाइ संचालक राधा कृष्ण आचार्यका साथै सीएनआरस मा पी एच डी रिसर्चका लागि आएका कृष्ण पराजुलीले स्वागत र सम्मान गरेका थिए। लियों आउने क्रममा महानिरीक्षक खनालले स्विजरल्याण्डको पनि भ्रमण गरेका थिए।

Exit mobile version