Site icon ParisNepal.com – Nepali News From France

फ्रान्समा यहि १४ अप्रिलमा सयुंक्तरुपमा नेपाली नयाँ बर्ष मनाइने, तयारी तीव्र

+तामाङ समाज पनि आयोजक हुने छ

फ्रान्समा रहेका १२ ओटा नेपाली संघसंस्थाहरु मिलेर यहि अप्रिलको १४ तारिख आइतबार पेरिसमा धुमधाम संग नेपाली नयाँ बर्ष २०७६ लाइ स्वागत गर्ने तयारीमा छन् । प्राय नयाँ बर्षको कार्यक्रम सामुहिक रुपमा गरिने भए पनि बीचमा केहि बर्ष त्यो हुन् सकेको थिएन। यस पटक नेपाली संघसंस्थाहरुले नेपाली नयाँ बर्ष र बुद्द जयन्ति सामुहिक रुपमा मनाउने निर्णय गरेका हुन्। कार्यक्रमका अन्तिम तयारीहरु छिटो छरितो गर्न र आ-आफ्ना जिम्मेवारीहरु बारे छलफल गर्न यहि आइतबार ७ तारिख पनि एउटा संयुक्त बैठक बसेको थियो।

संयुक्त रुपमा गरिने कार्यक्रममा स्थानीय कलाकारहरुलाइ प्रोत्सहान गर्ने गरि संस्कृतिक कार्यक्रमहरु गरिने छ। परदेशमा रहेर पनि नेपाली कला संस्कृतिको झल्को दिने र नेपाली चाडपर्वको महत्व दोस्रो पुस्ताका नेपालीहरुलाइ पनि मनन हुने गरी कार्यक्रम प्रस्तुत गरिने छ। कार्यक्रमको लागि Bobigny स्थित हल “La Villa” रिजर्भ गरिएको छ। कार्यक्रम दिउसो १२ बजे देखि बेलुका ६ बजे सम्म हुनेछ। 

१० युरो मात्र प्रवेश शुल्क रखिएको कार्यक्रममा बिधार्थीहरुको लागि ५०% छुट र १० बर्ष मुनिका बालबालिकाहरुको लागि निशुल्क गरिएको छ। कार्यक्रममा खानपिनको व्यवस्था र मनोरन्जनात्मक कार्यक्रमहरु हुनेछन। उल्लेख्य रुपमा नेपालीहरुको सहभागिता गराउदै हर्षोल्लासका साथ नयाँ बर्ष  मनाउने गरि तयारीहरु तीव्रताका साथ अगाडी बडी रहेका छन

आयोजक संस्थाहरु : एन आर एन ए फ्रान्स, नेपाली संस्कृतिक गृह फ्रान्स, एकता समाज फ्रान्स, फ्रान्को नेपाल पाकोफेन, मगर समाज फ्रान्स, तमु समाज फ्रान्स, म्याग्दी प्रवासी नेपाली संघ, गोर्खाली समाज फ्रान्स,  प्रवासी नेपाली एकता मञ्च फ्रान्स,  जनसम्पर्क समिति फ्रान्स, इनास फ्रान्स, तमाङ समाज फ्रान्स

 

मिति / समय : १४ अप्रिल २०१९ दिउसो १२ बजे बाट बेलुका ६ बजे सम्म
स्थान : 23 Rue de Stalingrad, 93000 Bobigny
Tram 1, Station: (Escadrille Normandie-Niémen)

Exit mobile version