Site icon ParisNepal.com – Nepali News From France

फ्रान्स आइपुग्नु भयो नवनियुक्त राजदुत दिपक अधिकारी

फ्रान्सका लागि आवासीय तथा पोर्चुगल, मोनाको र एण्डोराका लागि गैरआवासीय नेपाली राजदूत दिपक आधिकारी ५ अप्रिलका दिन फ्रान्स आइपुग्नु भएको छ । गत पुस ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई फ्रान्सका लागी नेपाली राजदूतमा सिफारिस गरेको थियो लगत्तै माघको पहिलो साता संसदीय सुनुवाई समितिले सर्बसम्मतबाट उहाँको सिफारिसलाइ अनुमोदन गरेको थियो।

करिब एक महिना देखी फ्रान्सको राजदुतावास कार्यवाहक राजदुत लेखनाथ भट्टराइले सम्हाल्नु भएको थियो। कार्यवाहक राजदुत भट्टराइपनि आफ्नो कार्यकाल समाप्ति संगै केहि दिनमा नेपाल फर्किने क्रममा हुनुहुन्छ। नवनियुक्त राजदुत अधिकारिको फ्रान्समा पहिलो जिम्मेवारीनै नेपाल फ्रान्स द्धिपक्षीय सम्बन्धको ७० औं बर्षको लागि गरिने कार्यक्रमहरु मिलाउने हुन जान्छ। यस अवसरमा नेपाली राजदुतावासले अप्रिलको तेस्रो साता पेरिसमा एउटा विशेष कार्यक्रम गर्ने तयारि गरिरहेको छ।

राजदुतको रुपमा फ्रान्स आउनु अगाडी पररास्ट्र मन्त्रालयमा शिष्टाचार महापालका रुपमा कार्यरत अधिकारिले परराष्ट्रमा लामै समय बिताइसक्नु भएको छ।

Exit mobile version