Site icon ParisNepal.com – Nepali News From France

एनआरएनको टोली आँधी प्रभावित क्षेत्रमा, हरेक एनसीसीलाइ कम्तिमा ५० हजार संकलन गरी पठाउन आग्रह

यहि मिति १७ चैत्र २०७५ (तदनुरुप ३१ मार्च २०१९ ) का दिन नेपालको बारा र पर्सा लगायत जिल्लामा भारि बर्षा संगै आएको हावाहुरीले कैयॊको मृत्यु ,सयॊ घाइते, हजारौ घरबार बिहिन तथा अकल्पनीय सार्बजनिक नोक्सानी भएको छ। आँधीबाट २७ जनाको मृत्यु हुनुका साथै ४०० बढी घाइते र हजारौं प्रभावित बनेका छन् ।

विभिन्न सामाजिक संघ संस्थाहरुले सरकारी संयन्त्र संग समन्वय गर्दै राहात पुर्याउन थालेका छन्। बारा जिल्लाको अवस्था अत्यन्तै दयनिय छ। हिजो राति पनि कयौं परिवार खुला आकासमा सुत्नु परेको थियो। 

एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो पनि प्रभावित क्षेत्रमा छन् । यस्तै उपाध्यक्ष कुमार पन्त, सल्लाहकार रामेश्वर शाह, रतन झा सहितको टोलीले पनि राहत सामग्री वितरणको काम थालेको छ । पन्तका अनुसार टोलीले प्रदेश सरकारको सहमतिमा सयौं धुरीलाई राहत वितरण गरेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतको सल्लाहमा बाराको फेटास्थित पुरिया गाउँका ५०० घर धुरीलाई २५ किलो चामल, ५ किलो आलु, २ किलो दाल र १ लिटर तेल बितरण आजदेखि सुरु गरिएको पन्तले बताए ।

एनआरएनएले सोमवार एक सूचना मार्फत सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्ब बाट यथाशक्य बढी रकम र कम्तिमा रु. ५० हजार संकलन गरी संघको राहत कोषको खातामा जम्मा गरिदिन आग्रह गरेको छ। दर्जनौ एनसीसीहरुले सोमवार नै राहत रकम पठाउने घोषणा गरिसकेका छन् भने अन्यले पठाउने क्रममा छन्।

 

Exit mobile version